आइतबार, १९ असार
काठमाडौं । प्रमुख तीन दलका बीचमा सहमति कायम गरेर सहमतिय सरकार बनाउने सम्भावना लागभग सकिएका बेला सत्तारुढ माओवादी केन्द् र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सरकार परिवर्तनको पक्षमा देखिएका छन् । सरकार परिवर्तनको मुद्दामा यी दुई दलका बीचमा लगभग सहमति देखिएको छ ।
माओवादी केन्द्रले सरकार परिवर्तनका लागि आवश्यक तयारी गर्ने मनासय व्यक्त गरिरहेको छ । यसै सन्भर्दमा माओवादी केन्द्रले आन्तरिक फलफललाई तिब्रता दिएको छ । पार्टी एकतादेखिनै केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्ने योजनाको विपक्षमा रहँदै आएका नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापा बादल अन्ततः सरकार परिवर्तनको पक्षमा उभिएका छन ।
आइतबार बिहान अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा बसेको प्रभावशाली नेताहरुको बैठकमा बादलले सरकार ढाल्ने औपचारिक प्रस्ताव आफ्नो तर्फबाट प्रस्तुत गरेका थिए ।
बैठकमा बादलले सरकारले पार्टीसँग शान्ति सम्झौता निष्कर्समा पुर्याउने गरी नेकपा एमालेसँग भएको नौ बुँदे सम्झौता कार्यान्वयनमा ईमान्दार नभएकोले पनि सरकारको विकल्प खोज्नु पर्ने बेला भएको भन्दै सहमतिको सरकार गठन हुन नसके काग्रेससँग मिलेर बहुमतीय सरकार बनाउन पनि पहल गर्नु पर्ने प्रस्ताव गरेका थिए । यता प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग निकट मानिएका नेता कृष्णप्रसाद सिटौलाले सत्तारुढ नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार परिवर्तन गर्ने औपचारिक निर्णय गरेपछि मात्रै नेपाली काग्रेसले त्यस विषयमा निर्णय लिने स्पष्ट पारेका छन ।
प्रेस युनियन कास्कीले आइतबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने,‘कांग्रेसले माओवादीको निर्णय कुरेर बसेको छ ।’
सिटौलाले अहिले मुलुकको लागि एउटा बहुमतीयको साटो अर्को बहुमतीय सरकार भन्दा सहमतीय सरकार को आवश्यकता रहेकोमा जोड दिदै प्रधानमन्त्री को बन्ने र सरकार कसको नेतृत्वमा बनाउने भन्ने विषयमा चर्चा गर्नुअघि राष्ट्रिय एजेण्डामा प्रमुख दलहरुबीच सहमति हुनुपर्ने बताए ।
उनले दलहरुबीच विश्वासको दुरी बढेको अवस्थामा तीन वटा निर्वाचन सम्पन्न गर्न, भूम्प पुनर्निर्माण गर्न र साझा आर्थिक नीति बनाउन पनि सहमतीय सरकार आवश्यक रहेको बताउँदै अर्थतन्त्रको विषयमा सबै दलको साझा अवधारणा हुनुपर्ने बताएका थिए । यसरी दुई दल सरकार परिवर्तनको एजेण्डामा सहमत देखिए पनि यी दुईको मनासय भने फरक फरक देखिएको छ ।
कांग्रेसलाई सबैभन्दा डर वर्तमान सरकारले ल्याएको बजेटमै छ । कांग्रेसका एक सांसद एवं देउवा निकट नेताले नाम नबताउने सर्तमा भने की ‘डा रामशरण महत अमेरिकामा पढेर आएकाले अंग्रेजी पढेकाले मात्रै बुझ्ने बजेट ल्याए, नेपाली जनताले बुझेनन्, तर, वर्तमान अर्थमन्त्री विष्णु पौडेलले नेपाली त्यो पनि एसएलसी सम्मको मात्र अध्ययन गरेकाले नेपाली भाषमा जनताले बुझ्ने बजेट ल्याए ।’ कांग्रेसलाई यो बजेट जनताले बुझेकाले समस्या परेको छ ।
यस कारण पनि कांग्रेस एमालेलाई सक्ताबाट बाहिर ल्याउन चाहन्छ । यसका लागि माओवादी केन्द्रलाई प्रयोग गर्ने उस्को रणनीति बुझेको केन्द्रले सहमतिय सरकारको रटान लगाइरहेको छ । अझ वर्तमान गठबन्धनलाई नै कायम राखेर प्रधानमन्त्री मात्रै फेर्ने तयारी पनि थालीएको छ ।
कांग्रेसका शीर्ष नेताहरुले जसरी पनि एमाओवादीलाई सत्ता गठबन्धनबाट बाहिर ल्याउनका लागि तीन वटै ठुला दल सरकारमा जान नहुने बताउँदै आएको छ । यो कांग्रेसको रणनीति माओवादी केन्द्रले राम्रोसँग बुझेकाले उ हतारीने अवस्थामा भने छैन । तर, केन्द्ले एमालेसँग यही गठबन्धन बचाउनेबारे अन्तिम छलफल गर्ने छ ।
यसका लागि प्रचण्डले अग्रसरता राखेका छन् । बहुमतीय सरकारको साटो फेरि बहुमतीयको खेल किन भन्ने प्रश्न उठ्ने भएकाले पन िसरकार फेर्न सहमति हुदा हुँदै पनि कांग्रेस र माओवादी बीचको स्वार्थ नमिल्दा सरकार गठन प्रक्रिया लम्बिने र ओली सरकारको आयाु लम्बिने देखिएको छ ।
nepalsandesh


0 comments
प्रतिक्रिया दिनुहोस्...