एजेन्सी । हरेक मानिसलाई हुन्छ नयाँ र राम्रो जागिर खाने चाहना हुन्छ । तर राम्रो ठाउँमा जागिर खानका लागी आँफुले मात्रै चाहना राखेर तथा प्रखर भएर मात्रै नहुने हालैको एक अध्ययनले देखाएको छ । पेसिरको सोलबोन यूनिवर्सिटीले गरेको अध्ययन अनुसार जागिरको अन्र्तवार्ताका क्रममा गला काटीएको कपडा वा अन्य छोटो र भड्कीलो पहिरन लगाउने युवती वा महिला सर्ट लिस्टमा पर्ने संभावना प्रवल हुन्छ ।
सोलबोन यूनिवर्सिटीका प्रोफेसर तथा अध्ययनका संयोजक डा सीवांग कर्टीशियनले भनेका छन् अब योग्यताले मात्रै जागिर खाने दिन गए । अन्र्तवार्तामा कपडाले कस्तो अर्थ र कति असर गर्छ भन्ने विषयमा डा सीवांग कर्टीशियनले गरेको अध्ययनमा उस्तै योग्यता भएका महिलालाई लगातार ३ वर्षसम्म लगातार विभिन्न कार्यालयमा आवेदन दिन लगाइयो ।
२ आवेदक मध्ये एक खालको पहिरन अलीक भड्कीलो शैलीमा तयार गरीएको थियो भने अर्को खालको सामान्य थियो । सामान्य पहिरनमा सजिने महिलाको तुलनामा भड्कीलो पहिरनमा सजिएका महिलाहरु ६६ जना महिलाहरु जागिरको लागी छानीएका थिए ।


0 comments
प्रतिक्रिया दिनुहोस्...