-->
कांग्रेस र माओवादीलाई प्रधानमन्त्री ओलीको चेतावनी- बलजफ्ती गरे ठिक हुन्न्

काठमाडौँ ५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्थापिका संसदमा बलजफ्ती गरे राम्रो नहुने चेतावनी दिएका छन् ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को छैटौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसदमा आर्थिक विधेयक रोक्ने प्रयास नगर्न कांग्रेस र माओवादीलाई चेतावनी दिएका हुन् ।
संसदमा पेस गरिएको आर्थिक विधेयक (बजेट) पारित हुने बेला माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता लिँदै कांग्रेससँग मिलेर प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेस गरेको छ ।
अविश्वास प्रस्तावलाई विपक्षीको ‘ईश्र्या प्रस्ताव र चिन्ता प्रस्ताव’ को सङ्ज्ञा दिँदै उनले निर्णयार्थ प्रस्तुत हुन लागेको आर्थिक विधेयकलाई रोकेर संस्थाको दुरुपयोग गर्दै अविश्वासको प्रस्ताव संसदमा ल्याउन नमिल्ने टिप्पणी गरे । ‘स्वाभाविक रुपमा हामीले भोलि विहीबार संसदमा ११ बजे गायब भएको त्यो विधेयकको कार्यसूची कहाँ गयो भनेर खोज्छौं । बलजफ्ती गरेर अगाडि बढ्न नखोज्नु राम्रो हुन्छ ।’
संसद्लाई मर्यादित संस्था बनाउनुपर्नेमा जोड दिँदै प्रम ओलीले चेतावनी दिँदै भने– ‘संसद् मनपरि गर्ने ठाउँ होइन, राज्य चलाउन र कर उठाउन आवश्यक पर्ने विधेयक पारित गर्नु नपर्ने, खाली सरकार मात्र फेर्न खोज्ने ?’
सरकारको लोकप्रियताबाट चिन्तित भएर कांग्रेस र माओवादीले संसदमा अविश्वासको प्रस्ताव ल्याएको उनको भनाई थियो ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.