-->
फलामको हम्मरले टाउकोमा प्रहार गरी श्रीमतीको हत्या गर्ने विजय कार्की पक्राउ

भक्तपुर, असार ३१ - आफ्नै घरको कोठामा फलामको हम्मरले टाउकोमा प्रहार गरी श्रीमतीको हत्या गर्ने भक्तपुरका विजय कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय भक्तपुरले बुधबार दिउँसो सूर्यविनायक नगरपालिका वडा न ४ सल्लाघारी वस्ने २७ वर्षीय कार्कीले २५ वर्षीय श्रीमती दिपा कार्की ढकालको हत्या गरेको अभियोगमा उनलाई पक्राउ गरिएको जनाएको छ ।
प्रहरीका अनुसार सल्लाघारी स्थित आफ्नै घरको कोठामा फलामको हम्मरले टाउकोमा प्रहार गरी कार्कीले श्रीमतीको हत्या गरि फरार भएका थिए । श्रीमतीको हत्या गरि फरार रहेको उनलाई बुधबारनै एयरपोर्टबाट पक्राउ गरिएको हो ।
प्रहरीले उनलाई कर्तव्य ज्यान मुद्दामा म्याद थप भई प्रहरी हिरासतमा राखी अनुसन्धान भइरहेको बताएको छ । प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूबीच घरायसी विषयलाई लिएर पटक पटक वादविवाद, झैझगडा हुने गरेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले घटनास्थलबाट फलामको हमर १ थान तथा अभियुक्तले लगाएको रगत जस्तो देखिने रातो पदार्थको छिट्टाहरू लगेको टिर्शट बरामद गरेको जनाएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.