भैरहवा, १ साउन । केपी ओली नेतृत्वको सरकार ढाल्न भारतले चलखेल बढाएको नेकपा एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलले आरोप लगाएका छन् ।
एमालेभित्र प्रधानमन्त्री ओलीको विश्वास पात्र मानिने नेता पोखरेलले भैरहवामा पत्रकार नरेश केसीसंग कुरा गदै भनेका छन्ः सरकार ढाल्न भारतले हात धोएर लागेको छ । उसको चंगुलमा माओवादी कांग्रेस फसे जसले मुलुकलाई अफ्ठयारो परिस्थितीमा पुराइरहेका छन् ।
पूर्व सन्चारमन्त्री समेत रहेका पोखरेलले दृश्य अदृश्य शक्ति केन्द्रसंग नझुक्ने प्रधानमन्त्री ओलीले इतिहांसमै भारतलाई झुकाएको समेत दाबी गरेका छन् । उनले पत्रकार केसीसंगको भिडियो सम्बादमा सरकार ढाल्ने प्रयास गर्नुको कारणबारे गरेको गरेको खुलासा जस्ताको तस्तैः
‘एकातर्फ नाकाबन्दी लगाएर नेपालको स्वाभिमान गिराउन खोज्नेको खेल ओलीले असफल पारिदिनुभयो । भारतीय पक्षले नेपालसंग बाध्य भएर नयाँ बन्दरगाहको अधिकार दियो, १९५० को सन्धी पुनरावलोकनको लागी छलफल गर्न तयार भयो । मधेसी आन्दोलन खुम्चिएर धर्नामा परिणत भयो, पूर्वी नेपालबाट हेलमेट लगाएर हिड्ने सवारी साधनहरु सामान्य अवस्थामा फर्किए । नेपाल भारत मामलामा यो नेपाल पक्षीय ऐतिहासिक उपलब्धी थियो । अर्कोतर्फ प्रधानमन्त्री ओलीको चीन भ्रमण त्यसको महत्वपूर्ण उपलब्धीले भारत संशकित थियो । चिनियाँ बैज्ञानिकहरुले नेपालको खनिजको तिब्र गतिमा उत्खनन गरिरहँदा उसलाई पीडा भइरहेको छ । चिनियाँ राष्ट्रपतिले अबको २ महिनामा नेपालको भ्रमण गर्ने पक्का भएपछि भारतलाई त्यसको प्रभाव थेग्न मुश्किल हुनेहुँदा यो सब रोक्न सरकार ढालिने प्रयास थालिएको हो ।
मधेसमा देखा परेको अशान्ति, सामजिक जटिलता समाधानमा वर्तमान सरकार सफल भएको । बजेट र नीति तथा कार्यक्रममा मधेसलाई लक्षित गरी धेरै कार्यक्रम ल्याई सुन्दर र समृद्ध मधेसको परिकल्पना गरी बजेट छुट्टाइएको अवस्थामा सीमा क्षेत्रका शहरहरुको सुन्दरीकण हुने अवस्था सृजना भएपछि त्यसलाई हुन नदिन यो दुस्प्रयास थालिएको हो ।
विकासको रणनीतिक योजना बनाउने, प्रत्येक प्रदेशमा कम्तीमा एउटा जलाशययुक्त योजना बनाउने, जस्ता नीति तथा योजनाको कारण त्यसबाट अत्तालिएर नेपाली जनता सुखी र सम्पन्न हुेन डरले बजेट कार्यान्वयन हुन नदिन यो गलत कदम चालिएको हो ।
माओवादी र कांग्रेस चुनाबाट भागिरहेका छन् । संसदले केपी ओलीलाई न्याय दिन सकेन भने जनताले चुनावमा न्याय दिनेछन् । संसदबाट निर्वाचित प्रधानमन्त्रीले संसदको फेस गर्नुपर्छ ।
अहिलेको सरकार संविधानसभाबाट रुपान्तरित संसदबाट निर्वाचित सरकार भएको हो । संविधानले संविधान घोषण पश्चात एउटा मात्र सरकारको परिकल्पना गरेको र सोही प्रावधान अनुसार संविधान जारी भएको निश्चित अवधिभित्र नयाँ सरकार गठन गर्ने प्रावधान अनुसार ओली नेतृत्वको सरकार बनेको हो । संविधानमा अर्को सरकार बनाउने प्रावधान छैन । संविधानको कुन धारामा टेकेर नयां सरकार बन्छ ?
हामी के कुरामा विश्वास राख्छौ भने संसदले नयां सरकार दिनुपर्छ तर त्यो प्रावधान संविधानले दिनुपर्दछ । त्यसको लागी संविधान संशोधन आवश्यक छ । संविधान संशोधन एमालेको सहमति विना हुनै सक्दैन । मुलुकमा नयां सरकारको विषय प्रवेश नै एमालेको सहमति विना हुनै नसक्ने यथार्थलाई माओवादी र कांग्रेसले नबुझ्नु भनेको उनीहरुले संविधान राम्रोसंग पढेका छैनन भन्ने हो ।
बजेट रोक्छौ भन्ने तर्क अल्पबुद्धिको परिणाम हो । संसदले विनियोजन शिर्षकहरु पारित गरिसकेको छ । लोकप्रिय बजेटका सबै शिर्षक पारित भएका छन् । फेरी यो बजेट लागु नगरी कुन बजेटबाट देश चलाउने हो ? संविधानले नयाँ बजेट जेठमा ल्याउने ब्यवस्था गरेको छ । अर्को जेठ आउन धेरै छ । त्यसैले नचाहिदों गफ हान्दै हिड्नु राम्रो होइन ।
सरकारमा रहेका सबै दलले प्रधानमन्त्रीको हरेक कदमलाई डटेर साथ दिने प्रतिबद्धता जनाएका छन् । उनले भनेका छन्, “मुलुकमा समस्या खडा गर्नेहरु धेरै छन् तर त्यसको समाधानको उपाय दिन कोही तयार छैनन् । यो सरकार फुलफेजको सरकार हो । अविश्वास प्रस्ताव गर्नेहरुले बहुमत देखाउन नसक्ने अनि सरकार अल्पमतामा पर्यो भन्दै चिल्लाउदै हिड्ने ? सरकारले अविस्वासको प्रस्तावको सामना गर्छ, संसदले जे भन्छ त्यहि गर्छ सरकारले ।
अहिलेको अवस्था संक्रमणकालिन हो । जतिबेला केपी ओलीको सरकार बन्दै थियो त्यतिबेला देखी नै दृश्य अदृश्य शक्ति केन्द्रहरु सल्बलाइरहेका थिए । कांग्रेस भद्र सहमतिबाट पछि हटनु, मधेसवादी दलले संविधानसभा बहिस्कार गर्नु त्यसका दृष्टान्त हुन् । यद्यपी ओलीको नेतृत्वमा सरकार बन्यो, जुन सत्य कुनैपनि शक्ति केन्द्रको लागी स्वीकार्य थिएन । त्यहांबाट शुरु भएको षड्यन्त्र अहिले आएर देखिदैंछ ।’
dainiknepal


0 comments
प्रतिक्रिया दिनुहोस्...