-->
आफ्नै गल्तीले लज्जित हुनु परेका सेलिब्रेटी अनुभव

असार ३० – आफूले गरेको गल्तीले आफैलाई अप्ठ्यारोमा पार्छ । लज्जित बनाउँछ । प्रायसँग यस्तो अनुभव हुन्छ । बलिउड स्टारहरु पनि यसबाट अछुता छैनन् । उनीहरु पनि पटक पटक आफ्नै गल्तीका कारण लज्जित भएका छन् ।
यहाँ बलिउड सेलिब्रेटीले गरेका ती गल्तीहरु जसले उनीहरुलाई नै लज्जित बनायो, उनीहरुकै शब्दमा प्रस्तुत गर्दैछौँ ।
कटरिना कैफ
अक्षय कुमारसँग फिल्ममा काम गर्दाको समयको कुरा हो यो । मैले अक्षयलाई थप्पड हान्नुपर्ने थियो । तर मलाई असहज लागिरहेको थियो । त्यसकारण मैले थप्पड हान्ने सिनमा धेरै टेक लिएँ ।
जब मैले अक्षयलाई जोडले थप्पड हाने त्यसपछि बल्ल शट ओके भयो । त्यसपछि मैले अक्षयसँग सरी भने । उनले पहिले नै जोडले थप्पड हानेकी भए त मैले यति धेरै थप्पड त खानु पर्दैनथ्यो भने । मलाई उनको जवाफले निकै लज्जित बनायो।
सलमान खान
मलाई एक ठाउँमा अडिसनको लागि जानुपर्ने थियो । रमाइलो कुरा के थियो भने, अडिसनका लागि मैले डान्स गर्नुपर्ने थियो । मैल कोरियोग्राफर फराहा खानसँग डान्स सिकेको थिएँ । फराहाले मलाई राम्रो राम्रो स्टेपहरु सिकाएकी थिइन् । म अडिसनको लागि पुगें । त्यहाँ फराहा पनि मेरो साथमा थिइन् । म डराएर यस्तो नराम्रो डान्स गरेँ की फराहा त त्यहाँबाट निस्किहालिन् । मेरो डर झन् बढ्यो । मैले झन् नराम्रो डान्स गरें । म यहाँ कार्टुन बनिरहेको छु भन्ने सोच्दै म सन्किएर बाहिर निस्किएँ । त्यो दिन मलाई आज पनि याद आउँछ । हाँसो लाग्छ । अनि लाज पनि ।
दिपिका पादुकोण
अभिताभजीलाई म आफ्ना फादर फिगर मान्छु । मैले पिकुमा उहाँलाई बाबा भनेर सम्बोधन गरेकी छु । फिल्मको सुटिङ्गका क्रममा हामी राम्रो साथी पनि बन्यौं । हामी जब सेटमा हुन्थ्यौं माहोल निक्कै रमाइलो हुन्थ्यो । पिकु रिलिजपछि मेरो जन्मदिन थियो । थाहा छैन मैले कसरी अमिताभजीलाई निम्तोदिन बिर्सेछु । त्यसपछि जब मिडियाले अमिताभजीलाई दिपिकाको जन्म दिनमा किन सहभागी हुनुभएन भनेर प्रश्न गर्यो, उहाँले निकै मायालु तरिका łउनले मलाई निम्ता नै दिइनन् भन्नुभयो । त्यो सुनेर म निकै लज्जित भएँ । त्यसपछि मैले अमिताभजीलाई फोन गरेर सरी भनेकी थिएँ ।
अमिताभ बच्चन
करियरको सुरुवाती दिनमा म आफ्नो लुकका कारण धेरै पटक लज्जित भएको छु । मैले म हिरो बन्छु भनेर निर्णय लिँदा म एकदम दुब्लो थिएँ र निकै अग्लो । त्यसबेला हिरोहरुका लागि डबल बडीले काम गरिदिन्थे । म र डेनी एक निर्माताकहाँ अडिसनको लागि पुगेका थियौँ ।
निर्माता मलाई देख्ने बित्तिकै झण्डै बेहोस भए । एकछिन पछि उनले łतिमीहरुलाई हिरो बन्ने सोच कसरी आयो ? भनेर सोधे । निर्माताले डेनीलाई हेर्दै भने łयसका पहाडी आँखा छन् र तँ आवश्यकता भन्दा अग्लो र दुब्लो छस् । ती निर्माताको मुखबाट यो कुरा सुनेर मलाई साह्रै नै लाज लागेको थियो ।
सोनाक्षी सिन्हा
एकपटक म आफ्नो फिल्मको सेटमा पुग्नपर्ने मान्छे, झुक्किएर अर्कै सेटमा पुगेछु । फिल्म सिटीमा धेरै स्टुडियोहरु उस्तै छन् । त्यसकारण धेरै पटक हामी झुक्किन्छौँ । जब म अर्को सेटमा पुगें, सबैले अचम्म मानेर मलाई हेरे । बिचरा फिल्मका मेम्बर्स केही बोल्न सकेनन् । त्यसपछि लाग्यो, यहाँ केही न केही गडबड छ । म तुरुन्तै त्यहाँबाट निस्किएँ । त्यस्तै म लज्जित भएको अर्को घटना । म डिजाइनर विक्रम फडणिसको फेसन शो मा र्याम्प वाक गरिरहेकी थिएँ । मैलै आफूलाई सम्हाल्न सकिन र म लडें । त्यसपछि मैलै लजाउँदै र्याम्प वाक पूरा गरेँ ।
आलिया भट्ट
मलाई मेरो सामान्य ज्ञानको कमजोरीका कारण धेरै पटक लज्जित हुनु परेको छ । मैले सोचें म एक अभिनेत्री हुँ, ममा सामान्य ज्ञानबारे थाहा नहुँदा केही फरक पर्दैन । मैले आफ्नो अभिनयमा राम्रो गरे भनेपनि मलाई पुग्छ । त्यस्तै कहिलेकाहीँ हामीले लगाएका छोटो लुगाले पनि हामीलाई लज्जित बनाउँछन् । कहिलेकाहीँ हामी छोटो लुगामा पे्रस कन्फ्रेसमा पुग्छौँ । त्यहाँ यस्ता तस्बिरहरु खिचिएका हुन्छन्, पछि देखेर लाज लाग्छ ।
अक्षय कुमार
म दिल्लीको हुँ । त्यसकारण मलाई मराठी भाषा आउँदैनथ्यो । म संघर्षका ती दिनमा बसमा यात्रा गर्थें । एकदिन बसमा निकै भिड थियो र सहचालक लगातार łकुढे चला कुढे चला भनिरहेको थियो । यसको अर्थ हुन्छ अघि बढ अघि बढी राख । मलाई मराठी भाषा आउँदैनथ्यो । म टसमस नगरी बसिरहेको थिएँ । त्यसपछि त्यो सहचालक म भएको ठाउँमा आयो र भन्यो अरे कुढे चला ना कशाला उभाआहे इकडे । यसको अर्थ हुन्छ अघि बढ्न किन यहि उभिइरहेका छौ । उसले त्यति भन्दा पनि म उसकै मुखमा हेरिरहेको थिएँ ।
किनकी मलाई उसले के भनेको मैले बुझिरहेकै थिइन । म नजिकै उभिएको एकजनालाई मैले सहचालकको कुरा बझिन भन्ने लागेछ । उहाँले मलाई भन्नुभयो यसले तपाईँलाई अघि बढ्न भनिरहेको छ । यो सुनेर मलाई निकै लाज लाग्यो किनकी बसका सबैले मलाई नै हेरिरहेका थिए । त्यसपछि मैलै सबैभन्दा पहिले मराठी सिकें ।
धर्मेन्द्र
आजका कलाकारहरु त पूरा प्याकेज हुन् । उनीहरुलाई सबै आउँछ नृत्य, रोमान्स अनि एक्शन पनि । तर हाम्रो पालामा भने हिरोलाई नाच्न आउनैपर्छ भन्ने जरुरी थिएन । सायद यहि कारण होला म अभिनेता बनेको । नृत्यको मामिलामा म निकै कमजोर छु । एकपटक जब मलाई फिल्म प्रतिज्ञाको लागि नृत्य गर्न भनियो मेरो धड्कन बढ्यो । मलाई निर्देशकले नृत्य सिकाउन थाले र पूरा दिन त्यसमै बित्यो । तर मलाई नृत्यको एक स्टेप पनि आएन । पछि निर्देशकले łतिमीलाई जस्तो नाच्न आउँछ नाँच, हामी त्यसैलाई फाईनल गर्छौँ भने । अलि साहस आयो । म नाचेँ । तर, मेरो नाच देखेर त्यहाँ भएका सबै मरिमरि हाँस्न थाले । क्यामरामा कैद गरिएको मेरो नृत्य मैलै पनि हेरेँ । त्यो देखेर मलाई निकै लाज लाग्यो । तर पछि त्यहि डान्स स्टेप मेरो लागि सिग्नेचर डान्स बन्न पुग्यो । त्यो गीत थियो प्रतिज्ञा को जट यमला पगला दिवाना ।
ज्याक्लिन फर्नान्डिज
मलाई सबैभन्दा लाज लागेको समय भनेको मैलै सलमानसँग फिल्म किकको जुम्मेकी रात है गीत सुटको बेला हो । म डान्स गरिरहेकी थिएँ । तर अचानक लडें । म प्रोफेशनल डान्सर भएका कारण मलाई त्यसरी लड्दा निकै लाज लाग्यो । मेरो खुट्टा र कम्मरमा मज्जैले चोट लाग्यो । पीडा सहन नसकेर म रोएँ पनि । मलाई एकदमै त्यतिबेला लाग्यो जब मलाई युनिटका सदस्यहरुले उठाएर लगेका थिए ।
संजय दत्त
जब म ड्रग्सको लतमा थिएँ, म मेरो बुबाको अनुहारमा बाध्यता र दुःखले भरिएको हाँसो देख्थेँ । त्यो मेरो लागि निकै लाजलाग्दो कुरा थियो । म ड्रग्स छोड्न पनि सक्दैनथे । तर मैलै बुबालाई पटक पटक म ड्रग्स छोड्न चाहन्छु । म तपाईँलाई यो भन्दा धेरै दुःखी देख्न सक्दिन’ भनेको थिएँ । यस्तै एकपटक म जेलमा भएको बेला मेरी बहिनी मलाई राखी बाँध्न जेलमा पुगेकी थिइन् । मैले उनलाई जेलमा कमाएको पैसा दक्षिणा दिएको थिएँ । मेरो कारण बहिनीले के के देख्नुपर्यो भनेर लाज लागेको थियो ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.