-->
प्रधानमन्त्री ओलीले बोले सबैलाई स्तब्ध पार्ने कुरा !

काठमाण्डु, ९ साउन– प्रधानमन्त्री केपी ओलीले महाभारतमा पाण्डवहरुलाई एक्लो पारेझै आफुलाई एक्लो पारिएको दाबी गरेका छन् । संसदमा आइतबार सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले महाभारतमा खास परिस्थितिमा चक्रब्युको चर्चा भएको उल्लेख गर्दै अर्जुनको छोरालाई नियम, मिचेर धेरैले घेरेर एक्लो पारेको जस्तै आफुलाई पनि त्यसैगरी सत्यको पक्षमा रहँदा एक्लो पारेको दुखेसो पोखे ।
प्रधानमन्त्री ओलीले तर, यो द्धावापरयुग नभएकोले अहिले त्यस्तो कदम चाल्न खोज्नु ठूलो गल्ती भएको बताए ।
सम्बोधन गर्दै उनले प्रश्न गरे, साथीहरुले यसप्रति सोच्नुहोला, सरकारको बाटो नौँ महिना मै छेकेर कुन लोकतान्त्रिक अभ्यासको संकेत दिन खोजिएको हो ?, देशलाई कुन रुपमा निकाश दिन खोजिएको हो ?
उनले मुलुक संक्रमण कालमा रहेको र संविधान कार्यान्वयन गर्न बाँकी रहेको बताउँदै उनले धेरै नियम, कानुन बनाउन बाँकी रहेको समेत स्पष्ट पारे । प्रधानमन्त्रीले भने, यस्तो अवस्थामा राजनीतिक अस्थिरता आउनु टिक होइन, यसले कसैलाई फाइदा पुग्देन ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.