-->
अर्थमन्त्री पौडेलले संसदमा ओनसरीमाथि औँला उठाएपछि… !!

काठमाण्डु, ७ साउन– शुक्रबार बसेको व्यवस्थापिका–संसद बैठकमा आर्थिक विद्येयकमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री विष्णु पौडेलले सभामुख ओनसरी घर्तीमाथि प्रश्न उठाएका छन् ।
विद्येयकका सम्बन्धमा उठेका प्रश्नको जवाफ दिन गएका पौडेलले सभामुखलाई के–कारण यसअघिको कार्यसूची सारियो भन्ने प्रश्न गर्न थालेपछि ओनसरीले अनावश्यक कुरामा टिप्पणी नगरी उठेका प्रश्नको जवाफ दिन संकेत गरिन् ।
त्यसपछि पौडेलले कुरा घुमाउँदै संसदको कार्यसूचीबाट विद्येयक हटेपनि पुनः कार्यसूचीमा पर्नु सुःखद् रहेको र त्यसका लागि सभामुखले चालेको कदमप्रति म सलाम गर्छु भने ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.