-->
भारतले आकाश प्रयोग गर्न नदिदा भैरहवा विमानस्थल संचालनमा कष्ट

काठमाडौं, असार २४ - नेपाल र भारतबीच खुला आकाश सम्झौता नहुँदा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा समस्या देखिने भएको छ ।
विमानस्थल तीव्र गतिमा निर्माण भइरहेता पनि नेपाल र भारतबीच खुला आकाश सम्झौता हुन नसक्दा विमानस्थल संचालनमा समस्या देखिने भएको हो ।
उता भारत भने खुल्ला आकाशको विषयमा सम्झौता गर्न आनाकानी गरिरहेको छ ।
भैरहवा विमानस्थलबाट जहाज उडान र अवतरण गर्दा केही भारतीय आकाशको प्रयोग गर्नु पर्ने हुँदा नेपाल र भारतबीच खुल्ला आकाशको सम्झौता हुनु निकै आवश्यक छ ।
सम्झौता नभए प्रत्येक उडानका लागि भारतसँग स्वीकृति लिनुपर्ने हुन्छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.