आसार-३१, सधरणतया हरेक जिवलाई यौन सुखको आवस्यक पर्छ । मानव जीवनमा यौनको ठूलो महत्व छ । यौनका लागि युवा नै हुन जरुरी छैन । बूढाबूढीहरू पनि यसबाट पर्याप्त आनन्दित हुन्छन् । यौनबाट आनन्द लिने विभिन्न विधि छन् र त्यसमा मुख–मैथुनलाई पनि मानिसले एउटा महत्वपूर्ण विधिका रूपमा प्रयोग गर्दै आएका छन् । मान्छेले मात्र होइन, पशुले पनि यो विधि प्रयोगमा ल्याई चरम आनन्द लिएको अध्ययनहरूले देखाएका छन् ।
मुख–मैथुन पश्चिमा देशहरूमा बढी प्रचलित छ । कतिपय देशमा यसलाई गैरकानुनी मानिन्छ । करिब मध्ययुगदेखि नै यसको सुरुवात भएको मानिए पनि बीसौं शताब्दीतिर पोर्नोग्राफीको विकासका कारण यसले छिट्टै व्यापकता पाएको छ । अध्ययनहरूले देखाएअनुसार, बूढापाका पुरुषले महिलाको तुलनामा बढी मुख–मैथुन गर्ने गरेका छन् ।
२० देखि २४ वर्ष उमेर समूहमा ५५ प्रतिशत पुरुषले महिलालाई मुख–मैथुन गरेका छन् भने ३० देखि ३९ वर्षका उमेर समूहमा ६९ प्रतिशत पुरुषले महिलालाई मुख–मैथुन गरेका छन् । अध्ययनहरूले भनेका छन्— मुख–मैथुनले महिलाहरूलाई डिप्रेसनबाट जोगाउन मद्दत गर्छ । यसले दुवैजना बीचको सामिप्यता र माया अझ प्रगाढ हुन्छ ।
यो विधिमा मुखको स्वास्थ्यको अत्यन्तै ख्याल गर्नुपर्ने हुन्छ भने यौनांगको सरसफाइको ख्याल पनि अन्य विधिमा जत्तिकै महत्वपूर्ण पक्ष हुन्छ । त्यसैले यौनका लागि स्वस्थ र तन्दुरुस्त शरीर जति जरुरी छ, शारीरिक स्वास्थ्य पनि त्यत्तिकै अपरिहार्य छ, विशेष गरी मुख र यौनांगको सरसफाइ । मनोविद - करुणा कुँवर संगको कुराकानीमा आधारीत


0 comments
प्रतिक्रिया दिनुहोस्...