-->
निरोगी बन्न अपनाउनै पर्ने १२ बानी

स्वास्थ्य नै सम्पत्ति हो । त्यसैले अन्य कुरामा भन्दा पहिले स्वास्थ्यमा ध्यान दिनुपर्छ । यसका लागि केही त्याग र केही नियमको पालना अनिवार्य हुन्छ । तर, रोगी भएपछि पछुताउने हामीहरु निरोगी बन्न सामान्य व्यवहार अपनाउदैनौं । खासगरी उचित खानपिन र स्वस्थ जीवनशैलीले मात्रै जीवन सुखमय बनाउँछ ।

फलफुल र सागसब्जीमा जोड
भिटामिन, पोषण र खनिजयुक्त सन्तुलित फलफुल र तरकारीले स्वस्थ बनाउँछ । यिनीहरुमा पर्याप्त पोषणतत्व र न्यून क्यालोरी हुन्छ जसले शरिरलाई स्वस्थ बनाउँछ । जतिपनि फलफुल खान सकिन्छ खाए हुन्छ । तर ताजाचाहिँ हुनुपर्छ । मौसमी फलफूल तथा सब्जीहरुमा काउली, स्पिनिच, गाँजर, बन्दा लगायतका हरियो तरकारी खानुपर्छ ।

मासु कम
चिप्लोचाप्लो कम गर्नुपर्छ । मासुजन्य खानेकुरा घटाएकै राम्रो हुन्छ । डेरीका उत्पादन उपभोग गर्दा राम्रो हुन्छ । शरिरलाई आवश्यक तत्व दुध, चिज, पास्ता र अन्य डेरीजन्य खानेकुरामा पनि पाइन्छ । गेडागुुडी खाँदा खैरा गेडागुडी रोज्नुपर्छ । किनकी प्राय सेतो गेडागुडीमा पोषणतत्व कम हुन्छ ।

जंक फुड नखाने
प्याक गरिएका खाना स्वास्थ्यका लागि फाइदा जनक मानिदैन । प्याकेटमा रािखएका र परिष्किृत गरिएका खानेकुराले स्वास्थ्यमा गम्भीर असर गर्छ

पर्याप्त पानी पिउने
प्रशस्त पानी पिउनुपर्छ । स्वास्थ्यलाई ठीक राख्न पानीको उपयोगिता वर्णन गरी साध्य छैन् । जतिखेर पनि हाइडे«ड रहनुपर्छ । पानीले शरिरको छाला, कपाल, नङ, अन्य अंग र दिमागलाई समेत स्वस्थ बनाउँछ । विज्ञहरुका अनुसार सकभर चिसो पानी पिउदा शरिरलाई हित गर्छ ।

राम्रोसँग पकाउने
राम्रोसँग पकाएर खानुपर्छ । त्यसो त कतिपय सागसब्जी र तरकारीलाई काँचै खादा पनि फाइदा हुन्छ । तरकारी पकाउँदा राम्रो तेलको छनौट गर्नपर्छ । खानेकुरालाई धेरै फ्राई गर्नुहँुदैन । खानामा सकभर नुन धेरै राख्नुहुँदैन । अमेरिकाको हर्ट एशोसियसनका अनुसार दैनि १५ सय एमजी नुन खाँदा मानिसलाई ठिक राख्छ ।

चिल्लो कम
चिल्लो खाँदै नखाने भन्ने होइन । तर स्वस्थ र सिमित मात्रामा चिल्लो खानुपर्छ । कपाल चम्किलो बनाउन, नङ स्वस्थ बनाउन र पाचन प्रणालीलाई सामान्य रुपमा काम गर्न शरिरमा सामान्य चिल्लोको आवश्यक पर्छ । जैतुनको तेल, एभोकाडो, नटको चिल्लो प्रयोग स्वस्थ मानिन्छ । यिनीहरुबाट लिइने चिल्लोलाई थप माात्रामा होइन कि पुरकको रुपमा प्रयोग गर्नपर्छ । चकलेट खानुभन्दा एकमुठी आलमन्ड खाँदा उत्तम हुन्छ ।
व्यायाम

कहिल्यै पनि आरामदायी जीवन रोज्नुहुँदैन । स्वस्थ रहन सक्रीय हुनुपर्छ । फटाफट हिड्नुपर्छ । यसले मुटु र मस्तिष्क दुबैलाई फाइदा पुर्याउँछ । दैनिक २ घन्टा हिड्दा विभिन्न रोगबाट मुक्ति मिल्ने अध्ययनले दे


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.