बुटवल, १९ असार । रुपन्देहीको बुटवलमा बस्दै आएका वरिष्ठ पत्रकार पण्डित बाबुराम भट्टराईको निधन भएको छ । पत्रकार भट्टराईको ६६ वर्षको उमेरमा आइतबार बिहान १ बजे ह्दयघातको कारण निधन भएको हो ।बुटवल उपमहानगरपालिका १४ तामनगरस्थित निवासमा राति अबेरसम्म टेलिभिजनमा फुटबल हेर्दै बसेका भट्टराईलाई एक्कासि असहज महसुस भएको भन्दै लुम्बिनी अञ्चल अस्पतालमा ल्याएपछि अस्पतालमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
२००७ साल असार १५ गते अर्घाखाँचीको पोखराथोक १ मा बुवा स्व. टीकाराम भट्टराई र आमा हीरा भट्टराईको कोखबाट जन्मिएका भट्टराई विगत लामो समयदेखि रुपन्देहीलाई कर्मथलो बनाई पत्रकारिता गर्दै आएका थिए ।रुपन्देहीबाट प्रकाशित हुने जनसंघर्ष दैनिकको पूर्वसम्पादक हुँदै लामो समय दैनिक लुम्बिनीमा काम गरेका भट्टराईले सैनामैना र नयांसत्ताको प्रधानसम्पादक भएर समेत काम गरेका थिए ।पछिल्लो चारवर्ष मेचिकाली दैनिक र हाल बुटवल टुडेमा स्तम्भ लेख्दै आएका थिए ।


0 comments
प्रतिक्रिया दिनुहोस्...