गायक तुला पर्वत । नेपाली सांगीतिक क्षेत्रमा उनको छुट्टै शान छ अनि छुट्टै परिचय छ । गीत र संगीतको काम त देशका कैयौँ इमान्दार सिपाईहरुले गरेकै छन् र भोलीका दिनमा पनि गलान् । जुन विशुद्ध आफ्ना लागी हो भन्ने बुझ्न दर्शक स्रोतालाई गाह्रो पर्दैत । तर तुलाले निस्वार्थ भावले देश र देशवासीका कथालाई आफु पात्र बनेर शब्दमा कोर्छन् अनि चित्रमा उर्तान कुनै कन्जुस्याई गर्दैनन् ।
र त्यही चित्र मार्फत भन्छन् देश र देशबासीका सुख दुखका गाथाहरु । यही मेसोमा उनले परवासी नेपालीहरुको कथा बुनेका छन् । करिब ५ मिनेट लामो ‘फर्की आउन पाउँ आफ्नै गाउँ घरमा’ बोलको तुलाको गीतले एउटा जिवन्त सन्देश बोकेको छ । जहाँ उनी स्वयमको शब्द, संगीत र निर्देशन रहेको छ ।
छोटो समयमा नै युट्युबमा अत्यन्तै रुचाइएको भिडियोले नेपालीले परवासमा बस्दा भोग्ने पीडा र अत्यास लाग्दो जीवन संर्घषलाई नजिकबाट चिनाउने प्रयास गरेको छ । तुला स्वयम एउटा परवासी र संघर्षशिल ब्यक्तित्व समेत भएका कारण यो भिडियो परवासमा बस्ने लाखौँ नेपाली युवाहरुको प्रतिनिधी भिडियो हो।
भिडियोको आधा भाग मकाउमा छायांकन गरिएको छ भने बाँकी भाग नेपालमा छायांकन गरिएको हो । जहाँ तुलालाई अभिनयमा तुलाका साथै कलाकार रक्षा श्रेष्ठले अभिनय गरेकी छिन् । भिडियोलाई वाइड स्क्रिन मिडियाले बजार ब्यबस्थापन गरेको हो ।


0 comments
प्रतिक्रिया दिनुहोस्...