नवलपरासी, १ साउन । नेपाल भारत सीमा क्षेत्रमा गत असार १६ गते एक बालिकाको रहस्यमय तरिकाले मुत्यु भएकै कारण यतिबेला नवलपरासीका पक्लीहवा गाविसमा स्थानीय त्रसित छन् । विशेष गरी सीमापारीका भारतीय सुरक्षाकर्मीको डरका कारण सीमामा बस्दैै आएका नेपाली निकै त्रसित बनेका हुन् । गत असार १६ गते बाख्रा चराउन भनी सीमापारी भारत जिल्ला महाराजगन्ज चिनलौल थाना अैरहवा गाउँमा पुगेकी १३ वर्षीया मङ्गीता कुर्मीको रहस्यमय तरिकाले हत्या भएको थियो ।


0 comments
प्रतिक्रिया दिनुहोस्...