-->
५.९ रेक्टर स्केलको भूकम्पको झड्का

एजेन्सी– सोमबार इक्वेडरको पश्चिम इलाकास्थित तटीय क्षेत्रमा ५.९ रेक्टर स्केलको शक्तिशाली भूकम्पको गएको छ । अधिकारीहरुका अनुसार भूकम्प पछिको नोक्सानीबारे कुनै सुचना प्राप्त भैसकेको छैन ।
अमेरिकन जियोलोजिकल सर्विसले सो क्षेत्रमा ५.९ रेक्टर स्केलको भूकम्प गएको दाबी गरेको छ । यसको केन्द्र इक्वडेरको पश्चिम तटीय क्षेत्रको प्रोपिशियाको दक्षिणी भेगमा परेको बताएको छ । सो क्षेत्रको करिब ३५ देखि ४१ किमी क्षेत्रबीचमा सो केन्द्र परेको जनाइएको छ ।
इक्वडेरको राजधानी क्विटोमा भने यसको सामन्य झड्का महसुुस भएको थियो । इक्वडेर सरकारले भूकम्पको क्षतिबारे अध्ययन गरिरहेको बताइएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.