हिन्दु धर्म अनुसार विवाह एक पवित्र कार्य हो। यो एउटा मानव जीवनको महत्वपूर्ण संस्कार पनि हो । विवाह पछि सबैले आफ्नो जीवन सुखी भएको पनि हेर्न चाहन्छन् । जसको निम्ति जीवन संगिनी राम्रो हुनु पनि आवश्यक हुन्छ। विवाह पछिको जीवन सफल र सुखी बनाउनको लागि यस्तो युवती खुज्नु पर्छ जसले घर र परिवारमा माया,ममता र सदभाव,बाँड्न सकोस्।
हिन्दु धर्मको विष्णु पुराणमा स्त्रीका विषयमा थुप्रै कुराहरु गरिएको छ। यस पुराणमा यस्ता ४ प्रकारका युवतीसँग सँग कदापी विवाह लागि योग्य नहुने लेखिएको छ। कस्ता युवतीसँग भुलवश पनि विवाह गर्नु हुदैन, त !
१. छुद्र तथा खराब बोली भएकी स्त्री
भन्ने गरिन्छ ,महिलाको नम्र बोली र लज्जा गहना उसका गहना हुन् । त्यस्तै मिठो बोलीमा सरस्वतीको बास हुने कुरा पनि पुराणमा उल्लेख छ । सरस्वतीलाई बाणीकी देवी पनि भनिन्छ । मिठो बोली बोल्ने स्त्रीसँग सरस्वती सँधै प्रसन्न हुने कुरा पनि पुराणमा लेखिएको छ । छुद्र वा कुट वचन बोल्ने स्वभावको महिलाले घरको अशान्ति फ़ैलाउछ्न र घरमा भाडभैलो गर्छन् भन्ने पुराणमा उल्लेख छ । विवाह गर्दा छुद्र वा कटु बचन बोल्ने स्त्रीबाट टाढै रहेको राम्रो हुने कुरा पुरनमा छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...