काठमाण्डु, ३ साउन– सत्तारुढ गठबन्धनले संसद्मा प्रवेश बजेटमा मतदान नगरी अविश्वास प्रस्तावमाथि छलफल हुन नदिने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको सत्तारुढ दलहरुको बैठकले सभामुख आनसरी घर्तीलाई मर्यादामा रहेर बैठक सञ्चालन गर्न पनि सचेत गराएको छ । सभामुखले आफूहरुसँग परामार्शविनै संसद्मा पेश भएको कार्यसूचीबाट आर्थिक विधेयक हटाएको भन्दै सत्तारुढ दलले तीव्र असँतुष्टि व्यक्त गरेका छन् ।
‘अविश्वासको प्रस्ताव दर्ता हुनुअघि नै संसद्ले तय गरेको कार्यसूचीमा रहेको विषयमा आर्थिक विधेयक पनि पर्छ । त्यो पहिले टेबल भएर मात्र अन्य प्रक्रिया अघि बढ्न सक्छ,’ बैठकपछि उपप्रधानमन्त्री सिपी मैनालीले भने, ‘सभामुखले यो विषय अघि बढाउँदा सत्तापक्ष र सचेतकसँग परामर्श गर्नुभएको छैन ।’ –नागरिक दैनिकबाट


0 comments
प्रतिक्रिया दिनुहोस्...