भिरवाट लडेर पूर्वी लमजुङस्थित गौडा–६ का ७६ वर्षिय दुर्गामान गुरुङको मृत्यु भएको छ । आफन्तकोमा पुगेर घर फर्कने क्रममा लडेर गुरुङको मृत्यु भएको हो ।
गत शनिवारदेखि हराएका गुरुङ ४ दिनपछि गाउँ नजिकै सल्लाबोट भिरमा मृत फेला परेका हुन् । गुरुङ आफन्तको अर्बुङमा गएर फर्किने क्रममा गौडा– ६ कै काठेस्वाँरा भिरमा लडेका थिए । गुरुङ अर्बुङबाट घर फर्कने क्रममा फुटवलको पार्टीमा पनि सामेल भएको मृतकका छोरा गणेश गुरुङले बताउनुभयो ।
यसअघि पनि आफन्तकोमा जाँदा दुई चारदिन भुल्ने गरेको हुनाले यसपटपनि बुबाको ढिलो खोजी गरिएको छोरा गणेशले बताउनुभयो ।
मृतक गुरुङ गौडाबाट काठेस्वाँरातर्फ मोटरबाटो भएपनि पहिरोले बाटो साँघुरो भएको र सोहि साँघुरो बाटोमा चिप्लीएर भिरमा खसेका थिए । बाटोबाट करिव ६० मिटर तल खोेलामा मृतकको शव भेटिएको थियो । चट्टानको भिरमा ठोक्किदाँ टाउको फुट्नुको साथै दाहिने हात भाँचिएकोे बताइएको छ ।
मृतकका छोरा गणेश गुरुङ नेकपा एमाले गौडा गाउँ कमीटीका अध्यक्ष हुन् । गाउँ कमीटी अध्यक्षलाई पितृशोक परेको भन्दै नेकपा एमाले अध्यक्ष धनन्जय दवाडीले सामाजिक सञ्जालमार्फत समवेदना ब्यक्त गर्नुभएको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...