-->
किन ? मन पराउँदैनन् महिलाले दाह्रि ,जुङ्गा पालेको पुरुष

महिलाहरुलाई दाह्रि  भएका होइन दाह्रि काटेका चिटिक्क अनुहार भएका पुरुषलाई बढी मन पराउँछन् । यो सामान्य भनाइ होइन । हालै गरिएको एक अध्यनले निकालेको निष्कर्ष हो ।
न्यूजिल्याण्ड र क्यानडामा गरिएको एक अध्यनले दाह्रि पाल्ने पुरुषको तुलनामा दाह्रि काट्ने पुरुषलाई महिलाले मन पराउने देखाएको हो । १९ जना दारी भएका पुरुषका फरक फरक तस्विर खिचेर उनीहरुलाई दारी काट्न लगाइएको थियो । दारी काटेर पनि उनीहरुलाई त्यतिकै पोजमा तस्विर खिच्न लगाइयो ।
ती तस्विर २०० भन्दा बढी महिलाहरुलाई देखाइयो । अधिकाँश महिलालाई दाह्रि भएका भन्दा दारी नभएका पुरुषलाई नै मन पराएको पाइयो । दारी पाल्ने पुरुषलाई महिलाले लडाकु र रिसाहा सम्झिने गरेको समेत यो अध्यनका क्रममा पाइयो ।
त्यति मात्र होइन दाह्रि जुङ्गा भएका पुरुषसँग नजिक हुँदा महिलाहरुलाई असजिलो हुने र दाह्रि विझाउने भएकाले चुम्बन गर्न समेत असहज र हिचकिचाहाट हुने महिलाहरुले जनाएका थिए ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.