सौम्य नामक संवत्सर, शाके :— १९३८, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :— ११३६, (दिल्लाथ्व)
इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:१३ बजे र सूर्यास्त : साँझ ०६:५० बजे
काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:१९ बजे र सूर्यास्त : साँझ ०७:०० बजे
पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:२३ बजे र सूर्यास्त : साँझ ०७:०६ बजे
आषाढ शुक्लपक्षको एकादशी तिथि, मध्यरात्रीपछि १२:४१ बजेसम्म, त्यसपछि द्वादशी तिथि,
विशाखा नक्षत्र, बिहान ०९:१३ बजेसम्म, त्यसपछि अनुराधा नक्षत्र, चन्द्रमा बृश्चिक राशिमा (अहोरात्र व्याप्त),
शुभ योग, साँझ ०६:०४ बजेसम्म, त्यसपछि शुक्ल योग,
बब करण, मध्यरात्रीपछि १२:४१ बजेसम्म त्यसपछि बालब करण,
आनन्दादि योग : मात्तङ्ग, चन्द्रवर्ण : रातो, चन्द्रदिशा : उत्तर, योगिनीदिशा : आग्नेय, वारशूल : पश्चिम,
आजको चाडपर्व र उत्सव : हरिशयनी एकादशी व्रत, तुलसी रोप्ने दिन, चतुर्मासा प्रारम्भ, ठूली एकादशी,
आजको मूहुर्त : द्रव्यप्रयोग वा लगानी,
आगामी ३ दिनभित्र पर्ने चाडपर्व र उत्सव तथा शुभ मूहुर्त :
भोलिको चाडपर्व र उत्सव : श्रावण संक्रान्ति, साउने सँग्राती, कण्डारक पूजा, लुतो फाल्ने दिन, सूर्य दक्षिणायनमा प्रवेश, थारु जातिको गुरिया पर्व, तुलसीपिए, वाराणसीमा श्रावण मेला प्रारम्भ,
भोलिको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि),
०२ गते : प्रदोष व्रत, कमैया मुक्ति दिवस, रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि),
०३ गते : रुद्राभिषेक(रुद्रीपूजा),
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आठौं घरमा चन्द्रमा रहेको छ, यद्यपि तपाईंको राशिमा शुभग्रहको दृष्टि रहेकाले राम्रा र प्रसन्नताका समाचारहरू सुन्न पाउनु हुनेछ । सानातिना घरायसी समस्याहरू देखिए पनि तिनले दैनिकीमा खास फरक पार्ने स्थिति छैन । जीवनसाथीसित वैचारिक मतभेद हुनसक्छ, तर अन्त्यमा मेलमिलापको वातावरण बन्नेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आज कल्पनाको संसारमा रुमल्लिएर दिन बित्नसक्छ । दाम्पत्य जीवन र प्रेमप्रसङ्गको निरसताले दुःखी र चिन्तित तुल्याउन सक्छ । तर्कवितर्क र विवाद वा झैझगडामा सतर्क रहनु बेस हुन्छ । सामाजिक क्षेत्रमा गएको धनबाट प्रतिफल नआए पनि सुखसुविधा बढाउन र धनप्राप्तिका लागि गरिएको प्रयास सफल हुनेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
बौद्धिक क्षेत्र राम्रो देखिन्छ । बिहान ज्ञानगुनका क्षेत्रमा मन आकर्षित भएपनि दिउँसोबाट प्रतिकूल समय सुरु हुनेछ । कसैसँग व्यर्थमा तर्क, बहस र वादविवाद गर्नु पर्ला । प्रेममा धोका हुने सम्भावना छ । आर्थिक तथा शारीरिक शक्तिमा ह्रास आउने छ । छटपटी र असन्तुष्टि बढ्ने छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
एकाबिहानै ज्ञानगुन र दार्शनिक विषयमा आकर्षित भइने छ, कल्पना र भावुकतालाई व्यवहारमा उतार्न आजको दिन अनुकूल हुनेछ । केही महत्वपूर्ण घरायसी काममा समय व्यतीत गर्नु पर्नेछ, जसबाट भविष्यमा राम्रो फाइदा पुग्नेछ । दिउँसोबाट आत्मबलमा अझ बृद्धि हुनाले सन्तुष्टि प्राप्त हुनेछ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
सुखभावमा बसेको चन्द्रमाका कारण आज कुनै नयाँ काममा हात हाल्नु श्रेयस्कर हुँदैन । व्यापार व्यवसायबाट पनि भनेजस्तो फाइदा लिन सकिंदैन । शरीरमा आलस्यले डेरा जमाउने छ । घरायसी समस्यामा समय बित्नसक्छ । मानसिक तनाव र उल्झनलाई झेल्नुपर्ने छ । कामको अनावश्यक चाप बढ्ने छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आत्मीयजनहरूसँग भेटघाट हुनेछ । चाहनाबमोजिम कार्य सम्पन्न गर्न सकिने छ । मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । साथीभाइ र बन्धुबान्धवले सहयोग गर्नेछन् । यात्रा सम्पन्न र सफलतम सिद्ध हुनेछ । सामाजिक काममा दौडधूप हुनसक्छ, मान पाइने छ, राज्यपक्षबाट सम्मानित हुने अवसर पाइने छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
पारिवारिक खुसी मिल्नेछ । आर्थिक पक्ष सुदृढ रहनुका साथै समस्याहरू समाधान हुनेछन् । काममा सफलता पाइने छ । महत्वपूर्ण स्थानमा बोली बिक्ने सम्भावना समेत छ । विभिन्न सामाग्री किनमेल गर्न आजको दिन राम्रो छ । दिदीबहिनी र करकुटुम्बले राम्रो सहयोग गर्ने छन् । स्वास्थ्य सबल छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
उत्साहमा कमी हुने छैन, जोस र जाँगर बढ्ने दिन छ, तर आज हतार वा आवेशमा आएर कुनै काम नगर्नु होला । खानपान र मनोरञ्जनको आशा जाग्नेछ, मित्रवर्गको साथ प्राप्त गर्न कठिनाइ हुनेछ । तर्क, बहस र वादविवादमा समेत आफ्नो पकड देखिंदैन । महत्त्वाकाङ्क्षा त्यागी अघि बढेमा लाभ मिल्नेछ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
दिउँसोका तुलनामा बिहानको समय बढी सकारात्मक देखिन्छ । दिउँसो शत्रुपक्षका अनिष्ट व्यवहारको लेखाजोखा गरिने छ र तिनलाई परास्त तुल्याउने उपायको खोजी हुनसक्छ । प्रतिशोधको भावना त्याग्नु राम्रो हुनेछ । पशुपालन र कृषिजन्य व्यवसायबाट लाभ प्राप्त हुनेछ । दानपुण्यमा मन आकर्षित हुनेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
व्यापारबाट सोचेजस्तो लाभ त मिल्दैन, तर बेफाइदा छैन । नोकरी र सामाजिक क्षेत्रमा आफ्नो साख रहनसक्छ, तर चञ्चलता र घमण्डले अप्ठ्यारामा पार्नसक्छ । ठूलाबडाले सहयोग गरेमा राज्यपक्ष र प्रशासनिक काममा सफलता पाउन सकिन्छ । मुद्दामामिला र झैझगडाबाट टाढा रहनु राम्रो हुन्छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सफा र चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आत्मविश्वासमा अभिबृद्धि हुनेछ । मातापिता र अभिभावक वर्गसँग राम्रो सम्बन्ध रहने र महत्त्वपूर्ण सल्लाह र सुझाव प्राप्त हुनेछ । कर्मचारीले प्रशंसा पाउने छन् । घरायसी काममा दिलचस्पी बढ्ने छ । कर्मसिद्धिको समय छ । कर्मप्राप्तिका लागि गरिएका प्रयास सफल हुनेछन् । आम्दानीमा कमी आउने छैन । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
घरायसी र दाम्पत्य सम्बन्धमा सुमधुरता आउने छ । धार्मिक, सामाजिक गतिविधिमा भुलिन सक्नुहुन्छ, मानसम्मान र प्रशंसा प्राप्त हुने सम्भावना छ । पहिले गरेका क्रियाकलापको मूल्याङ्कन र प्रशंसा हुनेछ । रोकिएका काम सुरु गने वातावरण बन्नेछ । आर्थिक पक्षमा टेवा पुग्नेछ । पारिवारिक समस्याहरू हल हुनेछन् । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६ः४० उत्तर तथा देशान्तर : ८७ः१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )


0 comments
प्रतिक्रिया दिनुहोस्...