-->
प्रि-फ्याब घर बनाउँदै हुनुहुन्छ? सस्तोको नाममा हानिकारक पनि हुनसक्छ!

भूकम्पपछि कम जोखिम, छिटो, छरितो र सस्तो निर्माण सामग्रीको रुपमा प्रि-फ्याब प्यानलको प्रचारप्रसार निकै भयो।
भूकम्पअघिसम्म ओझेलमा परेको यसको पहिचान, माग र व्यापारले उचाइ लिदैँ गयो। तर बजार फस्टाउँदै गर्दा प्रि-फ्याब प्यानलमा समस्या आउन थालेको छ। अहिले गुणस्तरहिन प्यानलको विगविगीले एकातिर लगानी डुब्दै गएको र अर्कोतिर विश्वास गुम्ने खतरा भएको स्वयम् व्यवसायीले नै बताउन थालेका छन्।
बजारमा उपलब्ध सबै कम्पनीका प्यानलमा भूकम्प प्रतिरोधी, वातावरणमैत्री र हरेक कोणबाट किफायती गुण लागू नहुने व्यवसायी बताउँछन्।
‘गोरखा इको प्यानल’ उत्पादन गर्ने इन्टरनेशनल ग्रीन डेभ्लपरका प्रमुख कार्यकारी अधिकृत कृष्ण भक्त दुवाल बजारमा आउने सबै गुणस्तरीय उत्पादन नभएकाले प्राविधिक जानकारी र ज्ञान लिएर मात्र प्रयोग गर्न सेचत गराउँछन्। गुणस्तरहिन र हानिकारक प्यानलको प्रयोगले नकारात्मक प्रभाव पर्न सक्ने अवस्था आएको उनी बताउँछन्।
दुवालले भूकम्पअघिदेखि नै प्रि-फ्याब प्यानलको व्यवसाय गर्दै आएका थिए। नेपाल इन्जिनियरिङ कलेजका प्राध्यापक रहेका दुवालको पारिवारिक व्यवसाय इट्टाँ उत्पादन हो। तर उनले केही नयाँ गर्ने सोच बनाएर ‘गोरखा इको प्यानल’ उत्पादन सुरु गरेका थिए। परम्परागत निर्माण सामग्री इँट्टा छाडेर दुवालले आधुनिक संस्करण रोज्दै प्रि-फ्याब प्यानल उत्पादन गर्न थालेका हुन्।
चीनबाट कच्चापदार्थ ल्याएर नेपाली सीप र श्रम तथा विश्वस्तरीय प्रविधिको संयोजन गरेर उत्पादन सुरु गरेको उनी बताउँछन्। भक्तपुरमा कारखानामा रहेको गोरखा इको प्यानल नेपालको पहिलो प्रि फ्याब्रीकेटेड प्यानल भएको दुवालको दाबी छ। ‘इन्टरनेशनल ग्रीन डेभ्लपर्स नेपाल प्राली’ नामको कम्पनीबाट उत्पादन भईरहेको गोरखा इको प्यानल बहराइनस्थित अलखाजाह इस्ट फ्याक्ट्रीसँगको साझेदारीमा सञ्चालित छ।
७० वर्षको ग्यारेन्टी
गोरखा इको प्यानलको निर्माण संरचना दीर्घकालिन भएको बताउँछन् दुवाल। ‘प्रि-फ्याबको संरचना भन्ने बित्तिकै अस्थायी, तत्कालिन, कामचलाउ भन्ने आम बुझाई छ। तर हाम्रो उत्पादनको संरचना यस्तो होइन,’ दुवालले भने, ‘हाम्रो उत्पादन अरुभन्दा भिन्न छ। तत्कालिन आवश्यकता पूरा गर्न मात्र प्रयोग हुने अरु उत्पादन बजारमा नभएका होइनन् तर गोरखा इको प्यानलमा हामी ७० वर्षको ग्यारेन्टी दिन्छौं।’
नेपालमा आफ्नै उत्पादन कारखाना र करोडौं लगानी भएकाले क्षणिक फाईदाका लागि भन्दा उपभोक्ताको विश्वास जित्नमा नै ध्यान केन्द्रित भएको उनले बताए। ‘गुणस्तरीय निर्माण हाम्रो एकमात्र लक्ष्य हो,’ दुवालले सेतोपाटीसँग भने।
स्वदेशी सीप श्रम र प्रविधिको संयोजन
आयात हुने, पुँजी पलायन हुने, स्वदेशी श्रम र सीप प्रयोग नहुने भएकोले प्रि-फ्याब उपयुक्त प्रविधि नभएको अर्थशास्त्रीय विश्लेषण बजारमा नआएको होइन।तर गोरखा इको प्यानलमा ती सबै भ्रम लागू नहुने बताउँछन् दुवाल।
गोरखा इको प्यानल उत्पादनमा १० प्रतिशत लागतमात्र विदेश जाने उनले बताए। ‘हामी केही कच्चा पदार्थमात्र आयात गर्छाैँ, जुन उत्पादन लागतको करिब १० प्रतिशत हो। बाँकी सबै नेपालमै खर्च हुन्छ,’ उनले भने।यसरी उत्पादन गर्ने नेपालको पहिलो र एकमात्र कम्पनी ग्रीन डेभ्लपर भएको दुवालको दाबी छ।
एसबेस्टोसरहित प्यानल गोरखा इको प्यानल
प्रि-फ्याब छिटो छरितो र किफायती निर्माण सामग्री र शैलीको रुपमा लिइन्छ। तर यसको प्रयोगमा धेरै ध्यान पु¥याउन आवश्यक रहेको विशेषज्ञले सुझाव दिएका छन्। बजारमा पाईने सबै प्यानल एकै खाले नहुने दुवालको भनाइ छ। उनकाअनुसार बजारमा पाइने कतिपय प्यानल स्वास्थ्यको लागि हानिकारक पनि हुन सक्नेछ।
‘एसबेस्टोस’ नामको हानिकारक केमिकल केही प्यानलमा पाइने गरेको छ। विश्वका अधिकांस देशमा यो केमिकल प्रतिबन्धित भएपनि भारतमा खुल्ला छ। नेपालमा २०७२ देखि प्रतिबन्धित रसायनमा युरोप, चीनलगायतका देशमा पहिलेदेखि नै रोक छ। तर भारतबाट आउनेमध्ये केहीमा त्यस्ता हानिकारक प्यानल पनि रहेको दुवालको भनाइ छ। यसबारे सर्वसाधारणलाई जानकारी नभएकोले होसियार रहन सुझाउँछन् दुवाल।
‘गोरखा इको प्यानल नन्-एसबेस्टोस प्रमाणित हो। बजारमा थुप्रै प्यानल छन् जसमा प्रतिबन्धित रसायन हुन्छ,’ सचेत गराउँदै दुवालले भने। यसबाट बच्न प्यानलबारे राम्ररी बुझेर वा जानकारको सल्लाह लिएर मात्र प्रयोग गर्नुपर्ने उनी बताउँछन्।
अस्थायी, स्थायी तथा ठूला संरचना निर्माणमा उपयुक्त गोरखा इको प्यानल प्रयोग गर्दा परम्परागत निर्माण सामग्रीभन्दा २० देखि २५ प्रतिशत किफायती हुने दुवाल दाबी गर्छन्। ‘परम्परागत इँट्टाको सट्टा प्यानल प्रयोग गर्दा समय तथा श्रम लागत बचत हुनाले २५ प्रशितसम्म सस्तो पर्छ,’ दुवालले भने।
त्यस्तै प्यानल इँट्टाको तुलनामा कयौँ गुणा हलुका भएकाले अन्य स्ट्रक्चरल पक्षमा पनि किफायती हुने उनको भनाइ छ।‘फ्याब्रीक प्यानल हलुका हुन्छ। भारबहन कम हुनाले डन्डी तथा रडको प्रयोग पनि त्यहीअनुसार हुन्छ। त्यसैले स्टक्चरल लागतमा २० प्रतिशतसम्म कमी आउँछ,’ उनले भने। समग्रमा गोरखा इको प्यानलको निर्माणमा ४० प्रतिशतसम्म खर्च कम हुने दाबी दुवालको छ। त्यस्तै यो प्यानल उत्पादनको क्रममा वातावरणमा कुनै हानी नहुनाले यसको नाम नै इको प्यानल राखिएको दुवालले बताए।
विज्ञ तथा प्रयोगकर्ताले पनि गोरखा इको प्यानलमा विश्वास गरेको र उनीहरुको सिफारिसकै कारण यसले बजार लिएको बताउँछन् दुवाल। ‘विज्ञ र हामीले निर्माण गरेका घरका ग्राहकको अन्तरक्रिया गराएपछि उहाँहरुले दिएको प्रतिक्रिया हाम्रो लागि प्रेरणादायी छ,’ दुवालले भने। गोरखा इको प्यानलप्रति विभिन्न क्षेत्रका विज्ञ तथा प्रयोगकर्ताले सकारात्मक टिप्पाणी गरेका छन्। उनीहरुले गोरखा इको प्यानल पूर्ण निर्माण सामग्री भएको बताएका छन्।
बानेश्वरको कृष्ण सदनको भूकम्पले भत्काएको ठाउँमा गोरखा इको प्यानल प्रयोग गरिएको छ। ‘यसप्रति हामीलाई विश्वास छ। नेपालमा इनोभेटिभ प्रविधि सुरु भएकोमा धेरै खुसी लागेको छ। बानेश्वरको कृष्ण सदनको हाइ बिल्डिङमा हामीले यो इको प्यानल प्रयोग गरेका छौँ र यसप्रति सन्तुष्ट छौँ, सदनका सञ्चालकले भने।
त्यस्तै प्रध्यापक तथा वरिष्ठ आर्किटेक्ट डा. भरत शर्माले गोरखा इको प्यानलप्रति कमेन्ट गर्दै उल्लेख गरेका छन्, ‘नेपालमै निर्माण थालिएको गोरखा इको प्यानल इफिसियन्ट हुनुका साथै इन्सुलेसको हिसाबले र इको फ्रेन्डली भएकाले एउटा नेपालीले सुरु गरेको यो इन्टरप्राइजेज ज्यादै समय सापेक्ष छ। आर्किटेक्चर डिजाइनरले मेटेरियलसँग डिल गर्ने त हो नि। यो पर्फेक्ट मेटेरियल हो।’
बजारमा भारतबाट आयातित गुणस्तरहीन, हानिकारक प्यानलले एकातिर जनधनको क्षति हुने र अर्कोतिर देशको रकम बाहिर गएकोमा चिन्तित छन् दुवाल। यसले प्रि-फ्याब प्यानलको विश्वसनीयतामा शंका उब्जाएको उनी बताउँछन्। त्यस्तै यसमा राज्यले पनि सहयोग नगरेको उनको आरोप छ। भूकम्प अगाडि प्यानल उत्पादनका लागि चाहिने कच्चा पदार्थमा १० प्रतिशत भन्सार कर भएकोमा भूकम्प पछि बढाएर २२ प्रतिशत बनाइएको छ। तर आयातित तयारी प्यानलमा लाग्दै आएको ३० प्रतिशत भन्सार कर घटाएर १५ प्रतिशत बनाइएको छ।
स्वदेशी उत्पादनप्रति राज्यको तिरस्कार र आयातितप्रतिको सहानुभूतिले उद्योगीलाई निराश बनाएको उनी बताउँछन्। सरकारको यो निर्णयले हानीकारक र कमसल प्यानललाई बढावा दिएको उनको भनाइ छ।
अहिलेसम्म ३०० भन्दा बढी स्कुल, ५० भन्दा बढी स्वास्थ्यचौकी र २०० भन्दा बढी आवासीय भवन निर्माण गरिसकेको गोरखा इको प्यानलको व्यापार भने बढिरहेको र माग थेग्न गाह्रो भईरहेको दुवाल बताउँछन्।
उनकाअनुसार पुल्चोक इन्जिनियरिङ कलेजसँगको सहकार्यमा अनुसन्धान गरेरमात्र प्यानल उत्पादन गरिने गोरखा इको प्यालनको प्रमुख विशेषता भनेको यसको दिगो र छरितो फिटिङ हो। प्यानलको गुणस्तरमा कुनै सम्झौता नगर्ने उनको लक्ष्य छ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.