काठमाण्डु, ७ साउन– राजनीतिक सहमतिका लागि प्रमुख तीन दलको बैठक दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने भएको छ ।
बिहीबारको बैठकमा पार्टीमा आन्तरिक छलफल गरी ब्याकेजमै सहमति गर्ने भनिएपछि शुक्रबार शीर्ष दलको बैठक बस्न लागेको हो ।
आजको बैठकमा कांग्रेस–माओवादी केन्द्रले संसदमा दर्ता गरेको अविश्वासको प्रस्ताव फिर्ता लिने, प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिने, त्यसपछि आश्रित विद्येयक पास गर्ने र सरकारले तोकेको तीन वटै चुनाव तोकिएकै समयमा गर्ने विषयमा सहमति जुटाउने प्रयास गरिनेछ ।
आज दिउँसो दुई बजेका लागि संसद बैठक बोलाइएको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...