दिनहु जसो कुनै न कुनै समाचार माध्यमबाट आउने विश्लेषण पढ्ने गर्छु!आज भोलि सामाजिक संजाल र पत्रपत्रिकामा छरपस्ट सरकार ले लागू गरेको त्रिभुवन बिमान्स्थालमा लागू गरेको नया नियम बारे थुप्रै टिका टिप्पनी देखेको छु अनि अध्यन पनि गरेको छु,यो सरकार ले लागू गरेको नियम प्रती प्रबसी युवाहरू खुसी छ्न त ! अनि यो नियमबाट को लाभान्वित छ ? अनि यस्को परिणम सकारात्मक छ ? सरसर हेर्दा यो बिबेकहिन नियम सर्बसाधारणलाई दुख दिने बाटो जस्तो लाग्यो |
आखा चिम्लेर हजारौ युवाहरू आफुलाइ ओझेलमा पारेर दैनिक रुपमा बिदेशी नु बाध्य छन !सामाजिक ,आर्थिक र राजनीति को अस्थिरताको कारण पटक पटक युवाहरूलाई देस बाट लखेटिएको छ! जब आफ्नो देस छोडन बाध्य हुन्छ अनि उस्का तहस नहस दैनिकी खेप्न बाध्य हुन्छ! आफू सङ अनुभव नभएको भास जान्नु पर्ने,नभोगेको सामाजिक परिबेस म घुलमिल हुनु पर्ने अनि थाहा नभएको नियम मा आबद्ध हुनु पर्ने भोग्दै नभोगेको सस्कृती मा रमाउनु पर्ने यी सबै बाध्यता हरु,
खाडि को तातो मा होस वा युरोप कठाग्री को चिसो मा होस रात दिन काममा गरेर पैसा लाई पसिना सङ रूपान्तर गरेर अनि बर्ष बर्ष आफ्नो घर परिवार बाट बअन्चित भयर निरन्तर प्रबास मा दुख गरिराखेका छ्न,मन मुटुमा देस को माया लाई पोको पर्दै २४ घन्टा मेलोमा खटनु पर्ने येहि युबा नेपाल जादा खेरि अनेक तनावग्रस्त हुनु पर्ने ,,आमा ,बुवा लाई घडी ,दिदी बहिनी सथी भाइ लाई येसो २/४ मोबाइल ले पनि सम्जना नपाउने कहा सम्माको अत्याचार हो यो ?न यो कुनै भ्रष्टाचार हो न यो कुनै तस्कर हो,,होत यो पसिना को कमाइ बर्ष बर्ष बिदेश मा दुख गरेर बेठेगान जिन्दगी लियर रहर हरु थुनेर बसेको मान्छे आफ्नो देस फर्कदा १-२ तोला सुन,३-४ घडी ,२-३ मोबाईल लादा धुरु धुरु रुनु पर्ने कस्तो नियम हो यो ?
कुनै पनि नियम लाद्नु भन्दा पहिला त्यस्को परिणाम के निस्कन्छ ? यो नियम लागू गर्दा सर्बसाधारण लाई के असर पर्छ?? भन्ने ख्याल नगर्ने यो सरकार प्रती प्रबसी युवाहरू घोरभत्सना गर्दछ,जे गर्यो त्यो पटक्कै राम्रो गरेन! तस्करी लाई सलाम ठोक्नए अनि मेहनती र इमानदारी लाई अनेक नियम बनयर कानुनी दायर मा उभ्याउन खोज्ने यो सरकार !घस्रदै घस्रदै बलजफ्ती हिंडआएको यो जिन्दगी कहाँ सकिने थाह छैन अजै पनि सोच्न नसक्ने नियममा बाधिनु पर्ने कहाँ सम्मको मानवीय हो यो ? नियम कस्का लागि बन्छ ?
देश ले रोजगार नदियर बिदेश बिदेश परिबारलाइ चारो खोज्न भौतारियको प्रबासी युवाहरू लाई प्रत्यक्ष भाबनामा चाेट पुग्ने गरि येस्तो नियम बनाउने ?? त्योसोता बिगत देखिनै सानो तिनो कुरामा अनावश्यक तनाव त झेल्नुपरेको नै हो बिमान्स्थलमा २/४ महिला अगाडि अस्ट्रेलियन नागरिक ले पनि सेयर गरेकै हुन,नेपालमा येक मात्र अन्तरास्ट्रिय बिमान्स्थल् को हालत भनेर अज प्रसासनिक पक्षमा सुधार गर्नु त कहाँ हो कहाँ |
नेपाल सरकार यदि सक्छौ भने राजस्व छ्लेर ठुलो ब्याबसाय अनि करोडौं को सुन तस्करी गर्ने हरुलाइ कडा नियम मा बाधेर कानुनी दायर मा उभाउने कोसिस गर होइन भने आफ्नै पिडा बाट पीडित प्रबासी युवा हरु माथी लगायका भन्सार सम्बन्धि नियम हरुलाइ पुन बिचार गरि प्रबासिहरुलाइ तनाब अनि पिडा दिने काम बन्द गर!


0 comments
प्रतिक्रिया दिनुहोस्...