पछिल्लो समय प्रतिस्पर्धात्मक रुपमा सौन्दर्य प्रतियोगिताहरुको आयोजना बडेर गएका छन । बालिका देखी बिबाहीत महीला र पुरुष देखी बालक सम्म सबैले सहभागिता जनाउने मिल्ने सौन्दर्य प्रतियोगिताहरु हरेक साता हुदै नै आइ रहेका छन ।बिजेताहरुलाइ बिभिन्न उपहारहरुका साथै बिभिन्न किसीमका अबसर प्रदान गरीने बताइदै यस्तो सौन्दर्य प्रतियोगिताको आयोजना गरीने भएपनि कतिपय आयोजकले सौन्दर्य प्रतियोगिता सम्पन्न भएपछि प्रचार गरे अनुसारको पुरस्कार नदीने मात्र होइन कार्यव्रmम अबधि भर पनि बिभिन्न बहानामा रकम असुल गरेको भन्दै यस्ता सौन्दर्य प्रतियोगितका आयोजनाहरु बदनाम पनि भइ रहेका छन ।
कार्यव्रmममा सहभागि हुनको लागि बिभिन्न आकर्शक पुरस्कार र सुबर्ण अबसरलाइ देखाएर प्रतियोगिलाई आकर्शित गर्ने अनि प्रतियोगि सहभागि भइ सके पछि बिभिन्न बहानामा रकम असुल्ने गरेको आरोप यस्ता बिउटी प्याजेन्टका आयोजकहरुलाइ लाग्ने गरेको छ ।केही आयोजक हरुले त फर्म फिल अप गर्न कै लागि मोटो रकम लिने अनि प्रतियोगिको क्षमता बृद्धीको लागि तालिम अबधि भर बिभिन्न बहानामा रकम उठाउने ,जबर्जस्ती ठुलो एमाउण्टको टीकट हरु बिव्रmी गर्न लाउने,प्रतियोगिताको बिजेता फस्ट रनर अप,सेकेण्ड रनर अप र बिभिन्न टाइटलको लागि पनि मोल मोलाइ हुने गरेको आरोप प्रतियोगितामा सहभागि भएका प्रतियोगि हरुले लगाउने गरेका छन ।
भरखरै एस एल सि दिएर घर बसेकी बालुवाटार घर भएकी सिड्नी गुरुङ लाई पनि शुरु देखी नै यस्ता सौन्दर्य प्रतियोगितामा सहभागि भयर टाइटल जित्दै करीयर अगाडि बडाउने चाहना थियो । तर उनको चाहना त्यती बेला चकना चुर भयो जति बेला उनका अभिभाबक लाइ बोलायर आयोजकले सिधै तपाइको छोरीलाइ विनर बनाए पछि हामीलाइ के दिनु हुन्छ भनेर सोधे र केही आर्थिक लाभ भएपछि मात्र विनर बनाइदिने आस्वासन सहीत सौदा बाजिको प्रयास गरे । यस्ता गतिबिधि हुन थालेपछि प्रतियोगिता निस्पक्ष नहुने ठानेर सीड्नीले प्रतियोगिता त छाडिन नै यस्ता कार्यव्रmम आयोजकको बास्तबिकता जनता समक्ष ल्याउनु पर्ने ठानेर मिडिया सामु पनि आइन ।
आफु थाहा नभयर यस्ता प्रतियोगितामा सहभागि भए पनि अरु चाही आयोजकहरुको चिप्लो कुरामा नफसुन भन्ने सिड्नीको चाहना रहेको छ ।पिता संगै न्युज ट्वान्टीफोर टेलिभिजनको कार्यालयमा आएकी सिड्नी र पिता दुबै यस्ता प्रतियोगिताको चिल्ला कुरामा नपरी सत्य तथ्य थाहा पाएपछि मात्र सौन्दर्र्य प्रतियोगितामा सहभागि हुन आग्रह पनि गरे ।
केही सौन्दर्य प्रतियोगिता निस्पक्ष रुपमा सम्पन्न हुने भएपनि केही प्रतियोगिताले पक्षपातको पराकाष्टा नाग्ने गरेको पनि देखीदै आएको छ ।त्यसैले सौन्दर्य प्रतियोगितामा भाग लिने चाहना प्रतियोगि हरुले एक पटक आयोजक र आयोजक संस्थाको पृष्ठ भुमी हेरेर मात्र त्यस्ता सौन्दर्य प्रतियोगितामा सहभागि हुदा पछि आउन सक्ने सम्भाबित नराम्रो अबस्था बाट उन्मुक्ती पाउन सजिलो हुन्थ्यो की ।
source news nepal 24


0 comments
प्रतिक्रिया दिनुहोस्...