अफगानिस्तानको राजधानी काबुलमा फेरि अर्को ठूलो बम हमला भएको छ ।
अफगानिस्तानका नयाँ भर्ना भएका सुरक्षाकर्मी सवार दुई वटा सवारी साधनलाई लक्षित गरी भएको बम हमलामा ४० प्रहरी अधिकृतसहितको मृत्यु भएको छ ।
बीबीसीले जनाए अनुसार घटनाको जिम्मेवारी आतंकवादी समुह तालिवानले लिएको छ । आक्रमणमा परी अन्य २० भन्दा बढि घाईते भएको जनाइएको छ ।
एक साता अगाडि काबुलमा नै भएको बम हमलामा परी १४ जनाको ज्यान गएको थियो, जसमध्ये १३ नेपालीको मृत्यु भएको थियो । विस्तृत विवरण आउन बाँकी
dcnepal


0 comments
प्रतिक्रिया दिनुहोस्...