सामान्यत बजेट आएलगत्तै बजारमा भारतबाट आयात गरिने दाल, चामल, चना, केराउ, चिनी र अण्डाको मूल्य वृद्धि भएको बालाजु सुसान्त होलसेलका व्यापारी भोज बरालले बताए। उनले भने ‘कतिपय होलसेलदेखि खुद्रा व्यापारीले अत्यधिक रुपमा आफुखुसी मूल्य लिन थालेका छन्, जसले गर्दा बजारमा अहिले दाल, चामल, चिनी, नुन, खाने तेल, चाउचाउ, बिस्कुटलगायत दैनिक उपभोग्य वस्तुको मूल्य केही बढेको छ।’
आर्थिक वर्ष २०७३/७४ बजेट सार्वजनिक भएसँगै ब्यापारीहरुले कृत्रिम अभाव सिर्जना गराई खाद्यान्नको मूल्यबृद्धि गराउन चलखेल गरेका छन्।
सरकारले बजेट सार्वजनिक नगर्दै कतिपय व्यापारीले कृत्रिम अभाव बनाउँदै दैनिक उपभोग्य सामानको मूल्य बढाइसकेका छन्। सामान गोदाममा राखेर ठूला ब्यापारीले अभाव देखाउने गरेको खुद्रा तथा होलसेल व्यापारीहरु बताउँछन्।
सामान्यत बजेट आएलगत्तै बजारमा भारतबाट आयात गरिने दाल, चामल, चना, केराउ, चिनी र अण्डाको मूल्य वृद्धि भएको बालाजु सुसान्त होलसेलका व्यापारी भोज बरालले बताए।
उनले भने ‘कतिपय होलसेलदेखि खुद्रा व्यापारीले अत्यधिक रुपमा आफुखुसी मूल्य लिन थालेका छन्, जसले गर्दा बजारमा अहिले दाल, चामल, चिनी, नुन, खाने तेल, चाउचाउ, बिस्कुटलगायत दैनिक उपभोग्य वस्तुको मूल्य केही बढेको छ।’
उपभोक्ताले पनि आफ्नो जीवन गुजाराको लागि व्यापारीसँग मूल्यमा कुनै प्रतिक्रिया नगरी सामान खरिद गरिरहेका छन्। व्यापारीहरु भने आफुहरुले कुनै पनि सामानको मूल्य वृद्धि नगरेको दाबी गर्छन्।
सामान उत्पादन गर्ने कम्पनीले मूल्य बढाएकोले मूल्य बढाएर बेच्न बाध्य भएको उनीहरुको तर्क छ।
बजेट आएसँगै बजारमा अहिले चिनी प्रतिकिलो होलसेल बजारमै १० रुपैयाँले बढेको बरालले बताए। बरालका अनुसार चिनी होलसेलमा बजेटको केही दिन अगाडिसम्म ६५ रुपयाँ प्रतिकिलो थियो। तर अहिले ७५ रुपैयाँ र खुद्रा बजारमा भने प्रतिकिलो ८० रुपैयाँमा बिक्री भईरहेको उनले बताए।
मूल्य सूचीः चामल प्रति ३० किलोको बोरा, दाल, चिनी, जिरा, धनियाँ, चना, केराउ प्रतिकिलो र तेल प्रति कार्टुनमा


0 comments
प्रतिक्रिया दिनुहोस्...