-->
अफगानिस्तानबाट फर्किए २४ नेपाली, को-को छन् ? (एक-एकको नामसहित)

काठमाडौं, ८ असार । सँगै काम गर्ने १२ जना साथी गुमाएपछि २४ नेपाली कामदार अफगानिस्तानबाट बुधबार फर्किएका छन् ।
उनीहरु आफ्नो साथीको शवसँगै सरकारले पठाएको चार्टर विमानमार्फत घर फर्किएका हुन् । उनीहरुले अब अफगानिस्तान नजाने घोषणा गरेका छन् । सँगैका साथी गुमाउँदा विमानस्थलमा उनीहरु शोकमग्न अवस्थामा देखिएका थिए ।
परारष्ट्र मन्त्रालयले फर्कन चाहने नेपालीका लागि विमानमा आउन सुविधा दिएपछि उनीहरुले सरकारले पठाएको नेपाल वायुसेवा निगमको विमानमा घर फर्किएका हुन् ।
फर्किएका सबै नेपाली काबुलमा रहेको क्यानडाको दूतावासमा सुरक्षा गार्डमा कार्यरत थिए ।
ज्यान बचाएर फर्किनेमा को–को छन् ?
नुवाकोट
1) रत्नबहादुर तामाङ
2) विक्रमप्रसाद तामाङ
3) पूर्णबहादुर गुरुङ
4) रौत तामाङ
5) प्रेम तामाङ
6) ईन्द्र तामाङ
7) सुप तामाङ
8) लालबहादुर तामाङ
9) आइतसिंह तामाङ
कास्की
10) बेलप्रसाद गुरुङ
11) मणिराम खनाल
12) पूर्णबहादुर गुरुङ
13) खेमबहादुर गुरुङ
14) भगवान बञ्जारा
प्युठान
15) विक्रम विष्ट
तनहुँ
16) केयरसिंह राना
मोरङ
17) खुसीलाल धिमाल
सुनसरी
18) वीरबहादुर खत्री
काभ्रे
19) श्याम तामाङ
काठमाडौं
20) नवराज खड्गी
21) चमकसिंह राई
पाल्पा
22) मानबहादुर थापा
चितवन
23) सत्यनारायण श्रेष्ठ
गोरखा
24) दुर्गा लामा
source : ssajhapage


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.