काठमाडौं, जेठ २४ – एक ठाउँको ट्राफिकको रातो बत्तीको लाइनमा बसेर बाटो पार गरेका गाडीले अर्को ठाउँको रातो बत्तीको लाइनमा बस्नु नपर्ने व्यवस्था नेपालमा लागु हुदैँछ ।
राजधानीको सडकमा गाडी चलाउनेहरुले घण्टौ एउटा चोकको लाइनमा बसेर पुनः अर्को चोकको लाइनमा बस्नु पर्ने बाध्यता प्रत्ययेक जसो चालकको दैनिकी हो ।
यसरी लाइन बस्नुका धेरै कारण छन् । यातायात व्यवस्था कार्यालयको तत्याङ्कअनुसार देशभर दैनिक पाँच सय ५३ गाडी थपिन्छन् भने राजधानीमा मात्रै दुई सय २० गाडी थपिन्छन् । अहिले देशभर २१ लाख ४३ हजार एक ४६ गाडी छन् । त्यस्तै उपत्यकामा मात्रै ९ लाख १८ हजार चार सय ८७ गाडी छन् । यति धेरै मात्रामा गाडीको चाप र त्यति नै मात्रामा पैदल यात्रु र साघुँरो बाटोका कारण अहिले राजधानीका सबैजसो ठाउँमा जाम हुने गरेको छ । त्यहाँ माथि जथाभावी पार्किङ र ट्राफिक नियम मिच्दै गाडी चलाउनाले गर्दा पनि जाम हुने गरेको छ ।
ट्राफिक नियमलाई सजिलो बनाउन र दुर्घटना कम गराउन भनेर राजधानीका चोक–चोकमा ट्राफिक बत्ती जडान गरिएको छ । तर ति बत्तीमध्ये आधाजसो पनि बल्दैनन् । जसका कारण दुर्घटना हुने र अनावश्यक रुपमा जरिवाना तिर्नु पर्ने गुनासो पनि सुनिदै आएको छ । तर अबदेखि यी सबै समस्याबाट राजधानीबासीले छुटकारा पाउने भएका छन् ।
काठमाडौं उपत्यका दिगो शहरी विकास यातायात आयोजनाले नयाँ प्रविधिको ट्राफिक बत्ती ल्याउँदै छ । जसका लागि आयोजनाले जेठ १२ गते ग्लोबल टेन्डर पनि आह्वान गरेको छ । आयोजनाले ल्याउन लागेको सडक बत्ती युरोप अमेरिकामा भएजस्तो हुने काठमाडौ उपत्यका दिगो शहरी विकास यातायात आयोजनाका निर्देशक दिपक श्रेष्ठले बताउनुभयो ।
‘हामीले ल्याउन लागेको ट्राफिक बत्ती युरोप अमेरिकाका सडकमा भएजस्तै बत्ती हुन् । यो बत्ती प्रयोगमा आएपछि एक ठाउँको रातो बत्तीमा लाइन बसेका चालकले अर्को ठाउँमा लाइन बस्नु पर्दैन’ निर्देकशक श्रेष्ठले भन्नुभयो । युरोप अमेरिकास्तरमा जडान गरिएको यो बत्ती नेपालका लागि पहिलो प्रयोग हो । त्यही भएर पनि यसअघि निकालिएको दुई वटा टेण्डरमा यो प्रविधि बत्ती जडान गर्न कम्पनी अयोग्य देखिएपछि अहिले तेस्रो पटक टेण्डर निकालिएको निर्देशक श्रेष्ठले जानकारी दिनुभयो ।
४५ दिन टेण्डरको समय त्यसपछि काम सुरु गरेको एक वर्षमा सक्ने लक्ष्य आयोजनाको छ । दातृनिकायको सहयोगमा गर्न लागिएको यो आयोजना सम्पन्न गर्न झण्डै ६० करोड लाग्ने अनुमान गरिएको छ । यसको लागि सडक विभागको परियोजना कार्यान्यवन इकाई, यातायात व्यवस्था विभागको परियोजना कार्यान्यवन ईकाई, महानगरीय ट्राफिक प्रहरी प्रभात परियोजना कार्यान्यवन ईकाई, महानगरपालिका र वातावरण विभागको परियोजना कार्यान्यवन ईकाईको पनि संलग्नता रहनेछ ।
कसरी काम गर्छ यो ट्राफिक बत्तीले ?
नारायणगोपाल चोकदेखि एकान्तकनासम्म, राजदरबार दक्षिणढोकादेखि भद्रकालीसम्म, जयनेपालदेखि थापाथलीहुँदै एकान्तकुनासम्म र माइतीघरदेखि तिनकुनेसम्म यो ट्राफिक बत्ती जडान गरिदैं छ । यी क्षेत्रहरुमा ३७ ठाउँमा यो बत्ती जडान गर्न लागिएको हो । अहिले जडान गरिएका ट्रफिक बत्ती एकअर्कासँग सम्बन्धीत छैनन् । तर अब जडान गरिने नयाँ प्रविधियुक्त बत्ती एक अर्कासँग सम्बन्धीत हुन्छन् । यी सबैलाई मनिटरिङ गर्ने एउटा कन्ट्रोल म्यानेजमेन्ट सिस्टम हुन्छ । यो कन्ट्रोल म्यानेजम्यान्ट बग्गीखानामा राखिनेछ ।
ट्राफिक बत्ती जडान गरिएका ३७ ठाउँमा सिसी क्यामेरा पनि सँगै जडान गरिएको हुन्छ । सिसी क्यामेराको सहायताले कन्ट्रोल म्यानेजमेन्टले सबै ठाउँको निगरानी गर्छ । त्यही कन्ट्रोल म्यानेजमेन्टले रातो, पहेँलो, हरियो बत्ती बाल्ने गर्छ । कन्ट्रोल म्यानेजमेन्टमा सडक इन्जिनियर, ट्राफिक र विज्ञहरु हुन्छन् ।
एकै ठाउँबाट बत्ती बालिने भएपछि एक ठाउँको रातो बत्तीमा परेर बाटो काटेका गाडी अर्को ठाउँको रातो बत्तीमा पर्दैनन् । जसका लागि कन्ट्रोल म्यानेजम्न्टले एक ठाउँमा रातो बत्तीमा परेको गाडी अर्को रातो बत्तीमा नपरोस् भनेर त्यस भन्दा अगाडिको चोकको बाटो काट्न लाग्ने समय अनुसार नै रातो बत्ती बालिन्छ । जस्तो कि बानेश्वर चोकमा ११ बजे रातो बत्तीमा परेको गाडी त्यहाबाटँ अगाडि बढी सिंहदरबारको चोक पार गर्न लाग्ने समय हेरिन्छ । त्यो गाडीले सिंहदरबार पार गर्न लाग्ने समय व्यतित भएपछि मात्र रातो बत्ती बालिन्छ । जसका कारण एक ठाउँमा रातो बत्तीमा परेको गाडी अर्को ठाउँमा नपर्ने निर्देशक श्रेष्ठले बताउनुभयो ।
यो ट्राफिक बत्तीले गाडीमात्र हैन पैदल यात्रुहरुका लागि पनि उपयोगी हुन्छ । सडक छेउका पोलमा ट्राफिक बत्तीका संकेत र बटन राखिएको हुन्छ । पैदल यात्रीले बटन थिचेपछि केही समय भने कुर्नु पर्ने हुन्छ । बटन थिचेपछि सुरमा पहेँलो बत्ती बल्छ ।
यो बत्तीले आवाज दिन्छ । त्यो आवाजसँग सँगै यात्रुले बाटो काट्न तयारी भएर बस्नुपर्छ । त्यसको केही समयमा नै हरियो बत्ती बल्छ । हरियो बल्नसाथ बाटो काट्न सुरु गर्नु पर्छ । त्यसपछि पहेँलो बत्ती बल्दै आवाज परिवर्तन हुन्छ । त्यसपछि सतर्क रहनु पर्छ ।
पैदलयात्रीले बत्ती थिचरहन पाउने छैनन् । बत्ती थिचिरहे प्रहरीले त्यस्तो व्यक्तीलाई तुरुन्त कारबाही गर्ने निर्देशक श्रेष्ठले बताउनुभयो । साथै त्यहाँ सिसी क्यामेरा पनि भएकाले सबैको निगरानी क्यामेराले गर्ने उहाँले बताउनुभयो ।
कहाँ कहाँ जोडिन्छ नयाँ प्रविधियुक्त ट्राफिक बत्ती
सोह्रखुट्टे चोक
लैनचौर चोक
केशर महल
वीर अस्पताल चोक
सुन्धार चोक
आर्मी हेडक्याटर गेट
त्रिपुरेश्वर चोक
नारायणहिटी दक्षिण गेट
दरबार मार्ग महेन्द्र शालिक
त्रिचन्द्र कलेज अगाडि
रत्नपार्क
पुरानो बस पार्क
भद्रकाली
जयनेपाल चोक
कमल पोखरी चोक
काठमाडौं प्लाजा चोक
कमलादी चोक
बागबजार चोक
शंकरदेब कलेज अगाडि
पदमोदय स्कुल चोक
दक्षिण अनामनगर चोक
सिंहदरबार चोक
माईतिघर चोक
थापाथली चोक
सडक विभाग बवरमहल
नयाँ बानेश्वर चोक
सिभिल अस्पताल मिनभवन
तिनकुने चोक
लैनचौर दक्षिण
शितल निवास
कान्ती अस्पताल
निर्मल निवास
गोल्खुपाखा
कानदेवता कुपन्डोल
शहिद शुक्र पार्क
पुल्चोक
जावलाखेल


0 comments
प्रतिक्रिया दिनुहोस्...