-->
विप्लव माओवादी फेरि भुमिगत हुँदै आखिर किन त?? जान्नुहोस !!

काठमाडौं, ५ असार । जनवादी आन्दोलनको गर्ने भन्दै हिँडेको नेत्रविक्रम चन्द ‘विप्लव’ माओवादी भूमिगत भएको छ । पछिल्लो समयमा दुर सञ्चार सेवा प्रदायक कम्पनी एनसेलका टावमा आगजनी गरे लगत्तै सुरक्षा निकायले कडा निगरानीमा राख्न थालेपछि विप्लव समुहले भूमिगत राजनीति सुरु गरेको बताईएको छ ।
पछिल्लो समयमा प्रहरीले विप्लवका कार्यकर्ताहरु धमाधम पक्राउ गर्न थालेपछि भूमिगत राजनीति सुरु गरेको बताईएको छ । पछिल्लो समयमा भ्रष्टाचारीलाई जनकारबाही गर्ने भन्दै हिँडेका उनीहरुले छापामार शैलीमा विध्वस मच्चाउने काम गर्न थालेको छ ।
भ्रष्टाचारीलाई जनकारबाही गर्ने घोषणा नै गरेका विप्लव माओवादीले सबैभन्दा ठूलो भ्रष्टाचारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्की भएको भन्दै कारबाहीको चेतावनी दिएको थियो । गृहमन्त्री बस्नेतको निर्देशनअनुसार प्रहरीले देशैभरीबाट विप्लवका कार्यकर्ताहरुमा धरपकड थालेको छ ।
प्रहरीले विप्लवका कार्यकर्तालाई पक्राउ गर्दै सार्वजनिक सम्पतिमा आगजनी, एनसेल टावरमाथिको आक्रमण लगायतको अभियोगमा सार्वजनिक मुद्दा चलाउन थालेपछि कार्यकर्ताहरु भागाभाग भएका हुन् । प्रहरीले जतिबेला पनि पक्राउ गर्न सक्ने भन्दै विस्तारै भूमिगत हुनेतर्फ कार्यकर्ताहरुलाई पार्टी केन्द्रले निर्देशन गरेको पनि एक कार्यकर्ताले बताए । विप्लव पछिल्लो समयमा सार्वजनिक रुपमा हिँडन छोडेका छन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.