-->
देशभर वर्षा, ठूला नदीमा बाढी, ठाउँठाउँमा सतर्क रहन चेतावनी

काठमाडौं, असार १७ । देशका अधिकांश स्थानमा आज वर्षा भइरहेको छ । भारी वर्षाका कारण ठाउँठाउँमा पहिरो गएको छ भने जनजीवन प्रभावित भएको छ ।
ठूला नदीमा पानीको बहाव उच्च छ । अविरल वर्षासँगै महाकाली नदीमा पानीको बहाव बढ्न थालेको छ । पानीको बहाव बढेसँगै पुलमा चार पाङ्ग्रे सवारी साधनको आवागमन बन्द गरिएको छ ।
महाकाली नदीमा आज १ लाख ८५ हजार क्युसेक पानीको बहाव मापन गरिएको छ । नदीमा १ लाख क्युसेक पानी पुगेपछि खतरा मानिन्छ । बिहान १० बजेदेखि बनवासा पुलमा चारपाङ्ग्रे सवारी आवामगन बन्द गरिएको र महाकाली तटीय क्षेत्र आसपासका बस्तीमा बाढी पस्ने सम्भावना भएकाले त्यहाँका बासिन्दालाई सर्तक रहन सूचना जारी गरिएको कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक केदार खनालले जानकारी दिए ।
त्यस्तै जिल्लाका दोदा, मनहरा, स्यालीलगायतका नदीमा समेत पानीको सतह बढेको छ ।
यसैबीच सप्तकोसी नदीमा पानीको बहाव बढेर १ लाख ३० हजार क्यूसेक पुगेको छ । नदीमा अहिले ब्यारेजका ५६ मध्ये १९ वटा ढोका खोलिएका छन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.