दाङ, २ ,असार । दाङको तुलसीपुर–६ रजौरामा आज बिहान भएको बस दुर्घटनामा परी १९ जना यात्रु घाइते भएका छन् ।
बिहान दमारगाउँ हुँदै शीतलपुरबाट तुलसीपुरतर्फ आउँदै गरेको रा१ख ४९४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको एउटा जिपलाई साइड दिने क्रममा बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको र अन्य बिरामीको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
घाइतेमध्ये तीन जनालाई नेपालगन्ज रिफर गरिएको छ भने अन्य बिरामीको उपचार राप्ती अञ्चल अस्पताल तुलसीपुरमा भइरहेको प्रहरीले जनाएको छ ।स्रोत : लाइटनेपाल


0 comments
प्रतिक्रिया दिनुहोस्...