-->
फेरि हल्लायो भुकम्पले ६.६ को पराकम्पन!!

६ असार । प्रशान्त महासागरिय प्रायद्वीप भानुआटुमा आइतबार ६.६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (यूएसजीएस) ले बताएको छ । भूकम्पबाट मानवीय तथा भौतिक क्षति भएको खबर आइतबार समाचार सङ्कलन गर्दासम्म आइनसकेको बताइएको छ । भूकम्पपछि ठूलो सुनामी आउनसक्ने चेतावनी भने दिइएको छैन । भानुआटु भूकम्प र ज्वालामुखीबाट बढी प्रभावित हुने प्रशान्त महासागरिय क्षेत्र हो ।
भूकम्पको केन्द्रविन्दू तान्नाद्वीपको इसाङगेल सहरबाट १०१ किलोमिटर दक्षिणपश्चिममा अवस्थित रहेको यूएसजीएसले बताएको छ । सन् २०१६ मा भानुआटुमा एकपछि अर्को गर्दै दर्जनौँ शक्तिशाली झट्का महसुस गरिएका छन् । रासस/एएफपी


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.