काठमाडौं– अफगानिस्तानको राजधानी काबुलबाट १२ नेपालीको शब लिएर नेपाल वायुसेवा निगमको जहाज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका छ। बुधबार दिउँसो २ बजेर ४० मिनेटमा जहाज विमानस्थलमा अवतरण गरेको हो ।
बिमानलाई मृतक र त्यहाँ कार्यरत २४ जनालाई नेपालीलाई ल्याइएको छ भने घाइतेहरुलाई भने अर्को विमानमार्फत दिल्ली पठाइएको छ ।
मृतक तथा घर फर्कन चाहनेहरुलाई ल्याउने गरि निगमको जहाज बुधबार बिहान काबुल पुगेको थियो । आरएनए २४२२ कल साइनको जहाज बिहान ७ बजे काबुलमा अवतरण भएको थियो । अफगनिस्तानमा गर्नुपर्ने आवश्यक प्रक्रिया पूरा गरी विमानमा मृतक र घर फर्कने चाहने २४ नेपालीहरुलाई ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
काबुलबाट शव ल्याउन तथा आवश्यक सहयोग र समन्वय गर्न सेनाको मेडिकल टिमसहित चार, प्रहरीबाट तीन, गृहबाट एक, परराष्ट्रबाट एक, वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट एक जना सो विमानमा गएका थिए ।
विमानको उडान तथा अवतरणको आवश्यक अनुमति सम्बन्धित अधिकारीबाट प्राप्त भएसँगै बिहान जहाज त्यसतर्फ पठाइएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरत पौडेलले जानकारी दिए ।
सोमबार भएको आतङ्ककारी आक्रमणमा परी १२ नेपालीको निधन भएको थियो भने ७ जना घाइते भएका थिए ।


0 comments
प्रतिक्रिया दिनुहोस्...