-->
फेरि गयो नेपालमा भुकम्प सर्वसाधारण त्रासले घरबाहिर निस्कदै !!

१५ असार, काठमाडौं । सुदूरपश्चिमको बझाङ केन्द्रबिन्दू बनाएर बुधबार दिउँसो लगातार दुई पटक भूकम्पको धक्का महशुस गरिएको छ ।
आज दिउँसो २ बजेर ५६ मिनेटमा सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दू बनाएर ५ म्याग्निच्यूडको भूकम्प गएको छ । त्यसको १६ मिनेटपछि ३ बजेर ११ मिनेटमा बझाङ नै केन्द्र बनाएर ४.२ म्याग्निच्यूडको अर्को भूकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।
भूकम्पको धक्का महशुस भएपछि स्थानीय त्रसित बनेको थिए भने मानिसहरु घरबाहिर निस्केका थिए । फेरि अर्कोपटक पनि आउनसक्ने भयमा स्थानीयहरु रहेका छन् । भूकम्पको क्षतिबारे जानकारी आइसकेको छैन ।
दुवै भूकम्प गत बर्ष गोरखा केन्द्रबिन्दू बनाएर गएको बिनाशकारी भूकम्पको पराकम्पन नभएको मापन केन्द्रले स्पष्ट पारेको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.