-->
मलेसिया एयरलाइन्सको विमान दुर्घटना, ३४ जना घाइते

क्वालालम्पुर, २४ जेठ, मलेसिया एयरलाइन्सको विमान दुर्घटनामा परेको छ । इङ्ल्याण्डको लन्डनबाट क्वालालम्पुरतर्फको उडानका क्रममा विमान अनियन्त्रित हुँदा ३४ जना यात्री घाइते भएका छन् ।
विमानमा हलचल भएपछि उछिट्टिएर ३४ जना यात्री घाइते भएको जनाइएको छ ।
उडानकै क्रममा प्रतिकुल मौसमका कारण विमानले नियन्त्रण गुमाएको जनाइएको छ ।
यस क्रममा केही यात्री सामान्य घाइते भएको मलेसिया एअरलाइन्सले जनाएको छ ।
३७८ यात्री र चालक दलका सदस्य सवार ‘ए ३८०’ एअरबस आइतबार बंगालको खाडी माथि आइपुग्दा प्रतिकुल मौसमका कारण अनियन्त्रित भएको हो ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.