-->
एउटा यस्तो गाउँ , जहाँ झिँगाको आतंकले मानिसहरुले धमाधम गाउँ छोड्दैछन्

एजेन्सी । युद्धका कारण मानिसहरुले गाउँ र देश नै छोडेका कतिपय उदाहरणहरु इतिहाँसका सामु साक्षी छन् । तर भारतको हरियाणामा एउटा यस्तो गाउँ छ जहाँका मानिसहरु झिँगाको आतंकका कारण गाउँ नै धमाधम छोड्ने तरखरमा छन् । हरियाणाको करनाल जिल्लाको रसूलपुर कलां गाउँको यो घटना अत्यन्तै रोचक छ ।
जहाँका मानिसहरुले केही वर्षदेखि न राम्ररी खान सकेका छन् न त राती सुत्न नै । जिल्लाको आसपास १२ मिटर वरपर समेत जिल्लाको परिचय झिँगासँग जोडीएर गरिने गरिएको छ । जुन स्थानमा एक मिनेट समेत मानिसहरु सुखसँग बस्न सक्दैनन् ।
त्यहाँ झिँगा नघुँनघुँनाउने स्थान नै छैन । गाउँका गाइबस्तुदेखि बालबच्चाको शरीरसम्म झिँगाको आतंक देखिन्छ । गाउँमा यस्तो बिकराल परिस्थिति पछि स्थानीयहरु एक पछि अर्को गर्दै गाउँ नै छोडेर जान थालेका छन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.