काठमाडौँ । नेपालमा हल्केला चिलाउनु एउटा लक्षण हो जुन चिलाएपछी धन प्राप्त हुन्छ भन्ने बिश्वास जनसमुदायमा रहीआएको पाईन्छ । तर हत्केला चिलाउनु के धन आगमन हुने संकेत हो त ? हत्केला हाम्रो शरीरको महत्पूर्ण अग मात्र नभएर एक संवेदनसिल अँग पनि हो ।
त्यसैले हत्केला चिलाएमा मानिसको दैनिक गतिविधिलाई नै प्रभाव पार्ने गर्दछ । हत्केला चिलाउनु एक प्रकारको रोग नभए पनि विभिन्न तत्वहको परिणाम हो वा रोगको नै संकेत हो ।छालाको कोषहरु तीब्र बृद्धि भएको अवस्थामा र छालाको सतहमा जम्मा भए पनि हत्केला चिलाउँने गर्दछ । कहिलेकाँही आफै छाला कन्याउँदा पनि यस्तो समस्या उत्पन्न हुने गर्दछ ।
कहिलेकाँही झिंगाको संक्रममणले पनि यस्तो समस्या ल्याउँन सक्छ । झिंगा हत्केलाको माथिल्लो सतहमा बस्दा यो समस्या आँउने गर्दछ । बढी भिडभाड भएको ठाँउमा झिंगाको
संक्रमण बढी हुन्छ । विशेष गरी बालबालिका र बृद्धबृद्धा यस्तो संक्रमणबाट प्रभावित हुने गर्दछन् ।
मधुमेह तथा छालाको समस्या पनि एक अर्कासँग सम्बन्धित हुने हुनाले अत्यधिक हत्केला चिलाउनु मधुमेहको पनि संकेत पनि हुनसक्छ । बेलैमाथी सावधानी अपनाउनु बुद्धिमानी हुन जान्छ ।
किन चिलाउछ त हत्केला जान्नका लागि next बटन क्लीक गर्नुहोस् ।
यि कारणहरुले चिलाउँछ तपाईको हत्केला
प्राइमेरी बिलियरी सिरहोसिसः लिभरसँग सम्बन्धित समस्याले पनि हत्केला चिलाउने गर्दछ । कलेजोमा गम्भीर समस्या देखा नपर्दै हत्केला र खुट्टाको पैतला चिलाउँने गर्दछ ।
तर चिलाउने समय वा अवस्थाहरु भने फरक हुन्छन् । कहिले काही अकस्मात चिलाउँछ भने कुनै बेला दिन वा रातमा मात्र चिलाउँने गर्दछ । रगत प्रवाह गर्ने प्रणालीमा र विशेष गरी लिभरमा एसिड उत्पन्न (बाइल एसिड) हुँदा हात हत्केला अधिक मात्रामा चिलाउने गर्दछ । हत्केला चिलाउने समस्या रोक्न का लागि एन्टिहिस्टामाइन नाम आषधी चिकित्सकको सल्लाहमा लिनु उचित हुन्छ ।
इसेजमाः प्राय छालामा हुने बिविध समस्याले पनि हत्केला चिलाउँने गर्दछ । छालासमबन्धि रोग का कारणले औलाहरुमा प्रभाव पार्ने गर्दछ । चाहे गर्मी होस या चाहे जाडो यसको प्रवाभ कायम रहने गर्दछ ।
न्यून मात्रामा यसको उपचार हुने गरेपनी अधिकांश अवस्थामा इसेज्माको उचित उपचार तरीका भने हालसम्म पनि पत्ता लाग्न सकेको छैन् ।
खानेकुरा को सेवनले हुने एलर्जी :
प्राय खानेकुराको एलर्जीको कारण पनि हात चिलाउँने गर्दछ । केही मानिसहरुलाई कुनै खानाले तुरन्तै अथवा केही समयपछी एलर्जी को असर हत्केलामा देखाउने गर्दछ । बिशेषगरी अन्डा, बदाम, दूध र समुद्री खानेकुरा हरुको सेवनले पनि एलर्जी हुने संभावना बढ्छ । यस्ता खानेकुरारुको सेवनले पनि केी मानिसरुलाई एलर्जी गराउँछ ।
कार्पल टनेल सिन्ड्रोमः (नाडीको हड्डीको नसारुमा भएको चोटपछि हात र औलामा हुने पीडा) पनि हत्केला चिलाउँने गर्दछ । शरिरमा भएको मध्यम प्रकारको नसा दबिएको अवस्थामा पनि कार्पेल टनेल सिन्ड्रोम हुन्छ । अध्यधिक मात्रामा लेख्दा, टाइप गर्दा तथा हात र औलाहरुको बढी प्रयोग गर्दा यस्तो अवस्था आउँने संभावना रहन्छ । असन्तुलित तरिकाले हत्केला चिलाउनु कार्पल टनेल सिन्ड्रोमको संकेत हो ।
औषधी वा शल्यक्तियाको माध्यमले पनि यस्तो प्रकारको सिन्ड्रोम बाट छुटकारा पाउन सकिन्छ । एस्पिरिन, आईबुप्रोफिन, कोर्टिकोस्टेरोइड्सले नसाको दबाबलाई शान्त पारी हत्केला
चिलाउन रोक्ने काम गर्दछ । नशालाई अधिक मात्रामा दबाब पूर्याउने तन्तुलाई शल्यक्रिया को माध्यम बाट हटाएर हत्केला चिलाउने समस्यावाट छुटकारा पाउन सकिन्छ ।
यस्तो समस्यावाट कसरी बच्ने त ?
हत्केला चिलाउनुका विभिन्न कारण हुने गर्दछन् । चिलायो भन्दै बेस्सरी रगेडेर कन्याउनु पनि हुँदैन् यसो गर्नाले झन अर्को समस्या आउन सक्छ । छालालाई कहिल्यै पनि सुख्खा
राख्नु हुदैन् । हल्केला चिलाउने समस्या गम्भीर भएमा तुरुन्त डक्टरको सल्लाह लिनुपर्दछ । यस्तो समस्याबाट निको पाउन सबैभन्दा पहिला त हात चिलाउनुको कारण बुझ्नु पर्ने हुन्छ । जाडो याममा हुने सुख्खा
छाला वा बेस्सरी हात घोटेर धुदा पनि चिलाउने भएकोले ढुंगा वा जालीले हत्केला रगेड्नु हुँदैन । हातको राम्रो सरसफाई र विभिन्न प्रकारका लोसन र क्रिमले हत्केला
चिल्लो पार्दा धेरै हदसम्म चिलाउने समस्याको समाधान हुन्छ । -स्वास्थ्य खबर पत्रिका


0 comments
प्रतिक्रिया दिनुहोस्...