
यदी नेपालमै प्रशस्त रोजगारी भैदिएको भए, घर परिवार र बाल बच्चा चट्क्क छाडेर यसरी बिदेसिनु पर्ने थिएन । यो उजाड मरुभूमिमा हजार सपना बुन्दै एक्लो जिन्दगि बिताउन पर्ने थिएन । कोहि पनि रहरले विदेश आउदैनन, यो त हाम्रो बाध्यता हो । नेपालमा बसेर गुजारा गर्न र छोरा छोरीलाई राम्रो शिक्षा दिक्षा दिन सम्भब नै छैन । कहिले नेपाल सुध्रेला अनि आफ्नै देश फर्केर दुख : सुख गरेर एकमाना खाउला भन्ने बाताबरण कहिले बन्न सकेन । तिमीहरुको परिबार र आफन्तलाइ पो पैशा, पावर र पहुचले गर्दा बिदेसिनु परेको छैन ।
हामीले तिरेको करबाट सरकारले देश बिकाश गर्छु भनेर खरबौको बजेट बनाउछ । सुनिन्छ हरेक देशले नेपालको बिकाशका लागि बर्सेनि खरबौ सहयोग पनि दिन्छन रे । त्यतिले पनि नपुगेर सरखारले प्रतेक नेपालीलाई प्रति व्यक्ति २३ हजार ऋण पर्ने गरि बैदेशिक ऋण लिएको छ रे । अझै अचम्मको कुरा त् के भने यदि हामीले बिदेस बाट रेमिट्यांन्श नपठाउने हो भने देशको अर्थत्रन्त्र टाठ पल्टिन्छ रे । नेपाल सुडान र इथोपिया जस्तो हुन्छ रे । त्यशैले नेपालको आर्थिक मेरुदण्डलाइ बचाई राख्न्न हामीले अझ कति विदेश बसिदिनु पर्ने हो ? अनि देशको अर्थत्रन्त्र टिकाइ रहन अझै कत्ति नेपालीले बिदेसिनु पर्ने हो ?
त्यसाे हुनाले हामिले हाम्रो परिवारको उज्वल भबिश्यकालागि मात्र विदेश बसेका छैनौ । देशको अर्थतन्त्र धरासाही हुन् बाट बचाउनपनि हामी विदेश बसीरहनु पर्ने भएको छ । अथवा यसाे भन्न सकिन्छ, हामि लाखौ नेपाली विदेश बसिदिनाले देशको अर्थतन्त्र ठुलो दुर्घटना हुन् बाट बचेको छ । तर अगाडी पछाडी सुरक्षाकर्मी लगाएर हिड्ने अनि सबै कुरा अरुले नै ठिक पारिदिने ठुला राजनीतिक पार्टीका नेता र सरकारलाई के थाहा बिदेशमा पैशा कमाउन कति दु:ख र कस्ट छ ? अरबको ४८ डिग्री तातो घाममा एक घण्टा बिताउन कति गाह्रो छ ? (यहि ठाउमा आउनलाइ पनि दिन भरि पासपोर्ट बनाउने लाइनमा बसियो, थुप्प्रै मेनपावरको चक्कर काटियो । श्रम स्वीकृति लिन दिनभर चर्को घाममा लाइन बसियो । दलालले मागे जति कमिसन बुझाइयो) र पनि हामीले पठाएको रेमिट्यांन्शको सहि सदुपयोग हुने बाताबरण अझै बन्न सकेको छैन । अधिकांश रेमिट्यांन्श घर जागा किन्न र विदेशबाट उपभोग्य समान आयात गर्न मै सकिन्छ रे । कुनै उत्पादन मुखी काममा हाम्रो रेमिट्यांन्श उपयोग भए मात्र देश बन्न सक्छ ।
नेपाल र युरोपको हावापानी, भौगोलिक बनावट र खनिज पदार्थ लगभग उस्तै उस्तै छन, तर उनीहरु धनि र बिकसित छन् । हामी भने संसारको गरिब देश मध्यमा पर्छौ । अझ युरोपमा भन्दा धेरै कुरा हामीसँग बडी छ । जस्तो जडिबुटी, बिभिन्न थरि जनावर भएको नेसनल पार्क, बिश्व सम्पदा सुचिमा परेका १२ भन्दा बडी ठाउ, मठमन्दिर, लुम्बिनी, सगरमाथा ,जलस्व्रोत, अनि पर्यटन र व्यापारका लागि भारत र चीनको ठुलो जनसख्या । तर यी कुराको सदुपयोग गर्नुको सट्टा हामि मध्य कोहि ससस्त्र युद्दले मात्र परिबर्तन ल्याउन सक्छ भन्ने भ्रममा छौ भने कोहि आफुले रोजेको पार्टी र नेता सत्तामा भए मात्र देश बिकाश हुन्छ भन्ने भ्रममा छौ । बिडम्बना सबैका राम्रा बिचार बुझ्ने र समेट्न सक्ने खुबी भएको नेता र पार्टी नै देखिएन । नेपालको राजनीतिक संकट गहिरिनुको कारण यहि हो । नेपाल बिकास नहुनुको कारण पनि यहि हो ।
मोदी नेपाल भ्रमण ताका सिन्धुपाल्चोकको जिरेमा ठुलो पहिरो गयो र २, दिन जति नदि थुनियो । तत्कालिन प्रधानमन्त्रि सुशील कोइराले मद्दतका लागि तुरुन्त भारत र चीनलाइ गुहारे । धन्न नेपाली सेनाले हामि नदि खोल्छौ र उद्दार गर्छौ भनेर लाज बचायो । जाबो एक ठाउमा पहिरो जादा बिदेशी गुहार्ने पार्टीले अहिले ओलीको आलोचना गर्नु हांश्यात्मक कुरा हो । एउटा सानो घटना आफै समाधान गर्न नसक्ने कांग्रेसको सरखारले आफुलाई अयोग्य प्रमाणित गरिसकेको छ । त्यश पछि कांग्रेस सरखारले एक बर्षको उपलब्धि सार्बजनिक गर्यो । जसमा भनिएको थियो , नया नगरपालिका थपिएको,बजेट बिनियोजन गरेको, फोरमलाइ बार्तामा बोलाउन पत्र काटिएको । यस्तो पनि उपलब्धि हुन्छ ? अहिलेका प्रधानमन्त्रि ओलीले त् यो भन्दा सयौ गुणा राम्रा काम गरेका छन् । आफैले बनाएको भुकम्प पिडितलाइ पैशा बाड्ने नियमलाइ निउ बनाएर अहिले किन कांग्रेस संसद अबरुद्द गर्दैछ ?
अफगानिस्तानमा १४ जना नेपाली मारिए, तर मलेसिया र खाडी बाट महिनामा लगभग ६० देखि ८० जनाको लास नेपाल आइरहेको छ ? यसको बारेमा सरकारले सोच्नु पर्दैन ?
अफगानिस्तानमा १४ जना नेपाली मारिए, तर मलेसिया र खाडी बाट महिनामा लगभग ६० देखि ८० जनाको लास नेपाल आइरहेको छ ? यसको बारेमा सरकारले सोच्नु पर्दैन ? के यो गम्भिर बिषय हैन र ? हिजो मात्र एउटा घटना सुनीयो, पाल्न र उपचार गर्न नसकेर छोराले आफ्नै आमालाई मारेर गाड्यो रे ! २ वटा बच्चा पाल्न नसकेर एउटा महिलाले बच्चा सहित नदीमा हाम फालेर मरेको समाचार पनि हामीले केहि महिना अगाडी सुनेका थियौ । यसको प्रमुख कारण गरिबी र अशिक्षा नै हो तर हामीमा अलि कति मानबीय समबेदना पनि छैन ? किन हामि आफ्नो स्वार्थका लागि नेपाल बन्द गर्छौ ? किन संसदमा अबरोध गर्छौ ? गरि खानेलाई पनि किन गरि खान दिदैनौ ? । साधन र स्व्रोत हुदा हुदै किन हामि यति गरिब भयौ त् ? हाम्रो यस्तै मानसिकताले गर्दा नै हो ।
यदि साचिकै देश बिकाश गर्ने हो भने सबै भन्दा पहिले नेपाल भारत सीमामा काडे तारको बार लाउनु पर्छ । भारतले बंगाला देश र पाकिस्थानका सम्पूर्ण क्षेत्रमा बार हालेको छ तर उ नेपाल भारत बोर्डरमा बार हाल्दैन किनकि नेपाली भुमि उसको लागि सुरिक्षित छ र बेला बेला सिमा सार्न पनि पाही-रहेको छ । यदि नेपाल भारत सीमामा काडे तार हाल्ने हो भने सिमा सुरिक्षित हुन्छ र अपराध पनि घट्छ भने निश्चित नाका बाट मात्र आउ जाउ अनि निकासी र पैठारी हुने हुदा राजश्व पनि डबल बढ्छ । अनि सीमाका जनताले सुरक्षित महसुस गर्ने छन् । बरु सरखारले नेपाल भारत सीमामा काँडेतार बार लगाउनका लागि पैशा जम्मा गर्न एउटा बैंक खाता जारि गरिदियोस । संसार भरिका देश प्रेमी नेपालीहरुले पैशा पठाउने छन् । यशो भएमा सिमा पारिबाट अबैध आएर बसोबास गर्ने भारतीय हरुलाई नियन्त्रण गर्न सकिन्छ ।
नेपाल टुरिस्ट डेस्टिनेसन हो । त्यशैले पर्यटकलाइ ढुक्कले सुरक्षित महसुस हुने गरि घुम्ने बाताबरण हुनु पर्छ । अधिकाम्श राजमार्ग साँगुरो र दुर्घटना भैरहने खालका छन् । गाडीमा यत्रा गर्न डर मर्नु छ । खाल्टा खुल्टे बाटोले गर्दा आरामदाहिक यत्रा हुनु पर्ने ठाउमा झन् थाकिन्छ र धुलो पनि खाइन्छ । प्लेन पनि त्यस्तै थोत्रा र असुरक्षीत् छन् । यशले अन्तराष्टिय जगतमा नकारात्मक संदेश गएको छ, अनि कसरि बढ्छ टुरीजम ?
बिभिन्न खाले स्वार्थले गर्दा बार बार हुने नेपाल बन्दलाइ कानुनमै प्रतिबन्द लगाउन पर्छ । आफ्नो अधिकार पाउन अरुको अधिकार हनन गर्न पाहिन्छ ? यदि बन्दको दिन कोहि अस्पताल जान नपाएर मर्छ भने त्यसको सजाएको भागिदार त्यहि बन्द कर्ता नै हुनु पर्छ । प्रजात्रन्त्रिक पद्दतिमा किन बन्द हड्ताल ? देशमा निरंकुस ब्यवस्था भएपो बन्द गरेको ठिक मान्न सकिन्छ ।
नेपालमा चिनिया रेल आयो र लुम्बिनीसंग पूग्यो भने नेपालको बिकाश तिब्र गतिमा हुनेछ । ३ करोड नेपालीलाइ १७ करोड चिनिया बुद्दिस्ट, थेग्न नसक्ने पर्यटक हुन्छन । ब्यापार पनि तेत्तिकै बढ्छ । भैरबा एरपोर्ट बनेपछि अरु देशका टुरिस्ट पनि तेत्तिकै आउने छन् । तर त्यसको लागि सुरिक्षित बाटो बनाउने र सान्ति सुरक्षा काएम गरेर निर्धक्क संग घुम्न सक्ने बाताबरण बनाउने जिम्मा सरखारको हो ।
नेपाल जलश्रोतको धनि देश हो । तर हामि आफै लगानी गरेर बनाउन सक्ने स्थिति छैन । त्यशैले यदी हामीले बिना कमिसन इमान्दारी पुर्बक २ हजार मेगावाटका पांचवटा मात्र आयोजना बिदेशी कम्पनिलाइ बनाउन दिने हो भने उनीहरुले हाम्रो नदी र ठाउँ प्रयोग गरेबापत दिने २५% फ्री बिजुलीले देशभरी सित्तै बिजुली बाडेपनि सकिन्छ । अनि सकेजति उत्त्पादन फ्रीको बिजुली प्रयोग गरेर बनाउदा सम्पूर्ण जनता चाडै धनि हुने थिए। ग्यासको सट्टा पनि बिजुलीले नै पुग्ने थियाे । पेट्रोलको ठाउँमा बढी भन्दा बढी बिद्युतीय साधन प्रयोग गर्न सकिन्छ । यसले नेपालको बिकासमा कायापलट हुने थियाे ।
१० खरब बजेट आउने देशमा बर्षको १ अरब मात्र छुट्याउदापनि २०४७ सालमा सुरु भएको मेलम्ची खानेपानीलार्इ २५ बर्षमा २३ अरब आरामले जुटाउन सकिन्थ्यो , दाताले पनि सहयोग दिएकै थिए । त्यसाे हुदाँ मेलम्चिको पानी उपत्यकाबासीलाई सित्तैमा बाडेपनि सकिन्थ्यो तर स्वार्थ र भ्रष्ट्रचार अनि सरकारको गलत नीतिले गर्दा मेलम्चि खानेपानी आएपछि अतिनै महँगो शुल्क तिर्नु पर्नेछ, चर्को शुल्कले सर्बसाधारणको ढाड भाच्ने छ ।
देशमा संक्रमणकाल बढ्नुको एकमात्र कारण राजनीतिक झगडा नै हो । आफ्नो स्वार्थ पुरा गर्न बिदेसीलार्इ हस्तक्षेपकारी भूमिका निर्बाह गर्न दिनु नै हो ।
देशमा संक्रमणकाल बढ्नुको एकमात्र कारण राजनीतिक झगडा नै हो । आफ्नो स्वार्थ पुरा गर्न बिदेसीलार्इ हस्तक्षेपकारी भूमिका निर्बाह गर्न दिनु नै हो । इमान्दार भएर आफ्नो देशको आन्तरिक समस्या आफै समाधान गर्नुपर्छ । बन्द हड्ताल गर्नेलाइ कडा सजाय हुनुपर्छ । अनि भ्रष्टचारी, हत्त्यारा र बलत्कारीलाईपनि कडा भन्दा कडा सजाय हुने व्यवस्था गर्ने हो भने देश बिकास तर्फ अगाडी बढ्नेछ । सुरक्षित वातावरण भए बैदेशिक लगानी बाहिरिने छ र देश भर रोजगार सिर्जना हुनेछ ।
बीस पच्चीस बर्ष देखि अरबमा काम गरि रहेका नेपाली पनि प्रसस्तै भेटिन्छन । उमेर बेचेर दुइ चार पैशा कमाउनु परेको छ। देश सुद्रेला र फर्कौला भनेर कुरेको मेरै अठार बर्ष भै सक्यो । एकबारको जिन्दगीको जवानीलार्इ खेर फालेर मरुभूमिमा एक्लो जिबन बाताउनेहरुको पिडा कसले बुझी दिने ?
पुर्वेली न्युज


0 comments
प्रतिक्रिया दिनुहोस्...