-->
काजकिरिया सकियो तर श्रीमानको मृत्यु भएको विश्वास लाग्दैन

दुर्गाप्रसाद भट्टराई/सर्लाही ।
Older Post
काजकिरिया सकियो तर श्रीमानको मृत्यु भएको विश्वास लाग्दैन
जेठ २२ – विदेशबाट कोहि आयो कि श्रीमान आए जस्तै लाग्छ रौतहट गैडाटारकी पासाङ लामालाई । विदेशबाट आएका मान्छे देख्ने वित्तिकै अजयले अब छिट्टै नेपाल फर्किन्छु भनेको याद आउँछ अनि जुरुक्क उठेर दाया बाया हेर्नुहुन्छ । तर अजय देखिन्नन् ।
२०६५ सालमा प्रेम विवाह गरेकी पासाङलाई छोडेर अजय २०७० सालमा मलेसिया जानुभएको थियो । १ लाख ३० हजार रुपैयाँ तिरेर गएका अजयले तीन महिनामा ७० हजार रुपैयाँ पठाउनु पनि भयो । त्यतिबेला पासाङ पनि खुसी हुनुहुन्थ्यो । तर त्यो खुसी चार महिनाभन्दा धेरै लम्बिन पाएन । चौथो महिनामा अजय उच्च रक्तचापले काम गर्दा गर्दै ढलेर खोक्दा पनि रगत आउने खबर पाउनुभयो पासाङले ।
अचानक बिरामी परेपछि अजयले कम्पनीमा पनि हारगुहार गर्नुभयो तर सहयोग पाउनुभएन उल्टै ७ दिनभित्र नेपाल फर्किनु भन्यो । त्यतिबेला परिवारबाट आसा गरेजस्तो सहयोग नपाएको बताउने पासाङले मलेसियामा रहेका अजयका सरोदर भिनाजु कमान सिंहलाई गुहार्नुभयो । तर भिनाजुको जवाफ पनि पासाङले सोचेको भन्दा निक्कै फरक भयो । भन्नुहुन्छ ‘आशा धेरै थियो तर उहाँले सजिलैसँग भागेर काम गर्नु भन्देउ न भन्नुभयो ।’
कम्पनीले गरेको असहयोगले भिनाजुकै सुझाव ठिक हो जस्तो लागेर अजयले गर्दै गरेको कम्पनी छोडेर दुई महिनासम्म लुकेर पनि काम गर्नुभयो । तर तेस्रो महिनादेखि पहिलेकै रोगले च्यापेको सुनाउनुभयो अजयले ।
परदेशमा आफ्नो भन्ने भिनाजु कमान सिंह नै हुनुहुन्थ्यो अजयको । त्यसैले अजयले मलेसियाबाट र पासाङले नेपालबाट कमान सिंहलाई गुहार्नुभयो । त्यसपछि अस्पताल भर्ना गरेको छ भनेका कमानसिंहले त्यही खबर मात्रै दिइरहे तीन महिनासम्म । ‘फोन गर्दैपिच्छे अवस्था त्यस्तै छ भन्ने जवाफ मात्रै आउँथ्यो’ पासाङ भन्नुहुन्छ ।
तर त्यसको तीन महिनापछि पासाङलाई कल्पनै नगरेको खबर आयो ‘अजयको उपचार गर्दा गर्दै ज्यान गयो ।’ यो खवर सुनेको दुई वर्ष भइसक्यो तर पनि पासाङलाई यो खवरको विश्वास लागेको छैन ।
किनकी उहाँले ज्यान गएका श्रीमानको लास देख्न पाउनुभएन । कमानसिंहले चाडै नै अस्पतालको प्रकृया पूरा गरेर लास नेपाल पठाउने भन्नुभएको थियो तर लास आएन । श्रीमान लास झिकाइदिन आग्रह गर्दै पासाङ काठमाडाैँको रहेको वैदेशिक रोजगार उद्दार नेपाल भन्ने संस्थामा पनि पुग्नुभयो ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.