मध्यप्रदेशको वड्वानी जिल्लामा एउटा यस्तो घटना भएको छ । जो घटना सुन्दैमा मानिसको जीउ काँप्छ । घटनामा श्रीमानले श्रीमतीमाथि अवैंध सम्बन्धको शंकामा भएको वादविवाद पछि भएको छ । यी दम्पत्तीबीच अवैध सम्बन्धको बारेमा लामो समयदेखि विवदा हुँदै आएको छिमेकीले बताएका छन् ।
वड्वानीको कादरी गाउँको यो घटनामा श्रीमानले रिसको झोंकमा श्रीमतीको योनीमा आगो लगाइदिए । घटनामा श्रीमतीले श्रीमानसँग जीवनको भीख मागिरहिन, तर निर्दयी श्रीमानले श्रीमतीको कुनै कुरा सुनेनन । पीडितले प्रहरीसामू भनेकी छन् कि ‘म भान्छामा खाना पकाइरहेकी थिए, यस्तोमा पति घरमा आए र हामीबीच विवाद भयो । यस्तोमा पतिले बलिरहेको दाउरा उठाएर मेरो योनीमा झोसे, त्यपछि म बेहोश भए ।’
भारतीय समाचाचर माध्यमका अनुसार घटनापछि रगतले लतपत बनेकी महिलालाई छिमेकीले उद्दार गरी अस्पताल पुर्याएका थिए । घटनाको जानकारी प्राप्त हुनासाथ पुलिसले पतिलाई घरबाटै पक्रेको थियो । पतिले आफ्नो अपराध स्वीकार गरेका छन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...