-->
समलिंगी नाइटक्लबमा गोलीकाण्ड : २० जनाको मृत्यु, ४२ घाइते

ओर्लान्डो – अमेरिकाको फ्लोरिडास्थित ओर्लान्डोमा रहेको एक समलिंगीहरुको नाइटकल्बमा एक व्यक्तिले अन्दधुन्द गोली चलाउँदा कम्तिमा २० जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन् ।
स्थानीय पल्स क्लबमा भएको गोलीकाण्डको तीन घण्टापछि मात्र प्रहरी अधिकारी त्यहाँ पुगेको थियो । केहीलाई बन्धक बनाएर राखिरहेका ती बन्दुकधारी प्रहरी कारवाहीमा मारिएको छ ।
बन्दुकधारीको नाम हालसम्म खुलाइएको छैन । उनको उमेर २० वर्षको आसपास भएको बताइएको छ ।
प्रहरीले यसलाई आतंकवादी हमला भने पनि यो अन्तरिक हो या वाह्य हो भन्ने खुलाइएको छैन


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.