-->
बेचिन लागेका नन्द–भाउजुको यसरि भयो उद्दार

पुनर्वास–कञ्चनपुरको दक्षिण क्षेत्र हुँदै भारततिर लैजाँदै गरेको अवस्थामा तीन दिनपछि मंगलबार फेरी पुनर्वास नगरपालिका–१२ आईबिआरडि बजारको एनसेल चोकबाट दुई जना युवतीसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
यसअघि गत शनिबार पुनर्वास नगरस्तरीय महिला सञ्जालको विशेष सक्रियतामा पुनर्वास नगरपालिका–८ जनकबस्तीस्थित बरालचोकबाट पाँच जना युवतीसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेका युवतीहरु नन्द–भाउजु भएको उनीहरु दिल्ली हुँदै दुबई जान लागेको र साथमा ती महिलाहरुको भीषा नलागेको पासर्पोट रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ ।
धनगढीबाट अपरान्न तीन बजेको बसबाट आईबिआरडि बजारको एनसेल चोकमा उनीहरु उत्रिएका थिए । भारतीय नाकातिर जाने बाटो नचिनेर अलमल परेपछि स्थानीयले शंका गरेर उनीहरुलाई सोधीखोजी गरेका थिए । सुरुमा ती युवतीहरुले आयुर्वेदिक औषधी बेच्न आएको भने पनि स्थानीयले केहिबेर केरकार गरेपछि सत्यतथ्य खुलेको स्थानीय कमला खड्काले महिला संजाललाई जानकारी गराएकी थिईन् ।
यसअघि कीर्किस्थान जान लागेका सिन्धुपाल्चोकका केटीहरु पक्राउ परेको हुँदा चोरीबाटोबाट भारत हुँदै दुवई जाने कुरा अपत्यारिलो भएको स्थानीय दुर्गा बिक बताउँछिन् ।
मुख्य दोषी पत्ता नलागे पनि काठमाडौंबाट दिल्लीसम्म पुर्याउने कैलाली जिल्लाको बेलादेवीपुर बस्ने दिपककुमार ऐर, सिन्धुपाल्चोक गादी–७ बस्ने २० वर्षीय लज्याङमू शेर्पा र सिन्धुपाल्चोकको थकाली–१ बस्ने १९ वर्षीय पासाङल्यामु शेर्पा रहेकी थिईन । ऐर काठमाडौंको चावहिल र शेर्पाहरु कोटेश्वरमा बस्दै आएका थिए । ऐरले सुदूरपश्चिमको रुट हुँदै दिल्ली पुर्याउने जिम्मा लिएका हुन् ।
गत शनीवार पनि सिन्धुपाल्चोकको स्याउले गाविस घर भएको अन्दाजी २८ वर्षीय हिमाल तमाङका साथमा र सोही स्थान बस्ने लमी लामा, पेमा लामा, सिन्धुपाल्चोक गुम्बा गाविसकी खुशी तामाङ, बारा जिल्ला गढीमाई नगरपालिका–३ बस्ने शान्ती तामाङ, बारा जिल्ला सिमरा गाविस–८ बस्ने दुर्गा तामाङ रहेका छन् ।
पक्राउ परेका सबैलाई आजै थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चलान गरिएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी सहायक निरीक्षक रोशन चन्दले जानकारी दिए ।
कैलालीको धनगढी–गौरीफन्टा नाका र कञ्चनपुरको गड्डा चौकी–बनबासा नाकामा दुवै देशतिरका सुरक्षा निकायले बारम्बार चेकजाँच गर्ने गरेको र चेलीबेटी बेचविखन नियन्त्रण नागरिक सहायता केन्द्र सकृय भएको हुँदा दलालहरुले रुट परिवर्तन गरेको हुनसक्ने पुनर्वास नगरस्तरीय महिला सञ्जालकी अध्यक्ष पूर्णामाया गुरुङले बताइन् ।
कञ्चनपुरको दक्षिण क्षेत्र अन्तर्गत भारतीय खुला सीमामा सुरक्षा निकाय नभएका कारण र नेपालबाट पाँच यस मिटरको दुरीमा दिल्ली जाने बस लाग्ने हुँदा बिना रोकतोक सजिलै भारत पस्न सकिने भएकोले दलालहरुको लागि यो रुट अहिले सबैभन्दा सजिलो बनेको छ ।
यसरी धमाधम मानव बेचविखन गर्ने समूह पक्राउ पर्न थाले पनि मानव बेचविखनमा कुनै ठूलो गिरोह नै सकृय रहेको हुन सक्ने स्थानीय महिलाहरु बताउँछन् । मानव वेचविखन तथा ओसार–पसारमा संलग्न दलालहरुले पुनर्वास नगरपालिकालाई बढी प्रयोग गर्ने थालेकोले छिटो भन्दा छिटो नागरीक सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरिनुपर्ने स्थानीयहरुले माग छन् ।रातो पाटीबाट !


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.