काठमाण्डु, २८ जेठ– कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी निकट ववकिल राखेर सर्वोच्च अदालतविरुद्ध बोलेपछि अदालतले उनलाई ध्यानाकर्षण गराएको छ ।
जेठ २५ गते पार्टी निकट वकिलसँग सर्वोच्च अदालतविरुद्ध खनिएको भन्दै अदालतले स्वतन्त्र न्यायपालिकालाई कमजोर पार्ने भ्रामक एवं लोकतान्त्रिक मूल्य प्रतिकुल पार्ने कुरा नबोल्न आग्ह गरेको हो ।
सर्वोच्च अदालतले शुक्रबार जारी गरिएको विज्ञप्तिमा देउवाको नाम नलिइ भनिएको छ, ‘ कानूनी राज्यको अवधारणालाई साकार तुल्याउन रचनात्मक तथा सिर्जनात्मक सहयोग गर्नुहुन तथा भ्रामक, अवास्तविक तथा स्वतन्त्र न्यायालयको मान्यता प्रतिकूलका अभिव्यक्ति एवं प्रचार प्रसार नगर्नु हुन सम्वद्ध सबैमा सर्वोच्च अदालत हार्दिक अपील गर्दछ ।’
देउवाले वकिलमाझ ११ न्यायाधीशको सिफारिस विरुद्ध परेको मुद्दामाथि सुनुवाइ नभएको भन्दै देउवाले अदालतविरुद्ध बोलेका थिए ।


0 comments
प्रतिक्रिया दिनुहोस्...