-->
बजाजले घटायो 'पल्सर १३५ एलएस'को मूल्य

बजाजले आफ्नो लोकप्रिय मोटरसाइकल पल्सर १३५ एलएसको मूल्य घटाएको छ। भारतीय बजारमा ६३ हजार ५ सय भारतीय रुपैयाँमा लन्च भएको यो मोटरसाइकलको मूल्य ५५ सय भारतीय रुपैयाँसम्म घटेको हो। भारतीय बजारमा अब यो मोटरसाइकल करिब ५८ हजार भारतीय रुपैयाँ पर्ने बताइएको छ।
कम्पनीको अाधिकारिक वेबसाइटमा पनि यसको मूल्य घटाइएको बताइएको छ।
पल्सर सिरीजको सबैभन्दा सस्तो यो मोटरसाइकलमा १३४.६६ सिसि, ४ भल्भ, डीटीएस-आई इन्जिन छ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.