-->
राष्ट्रपति विद्या भण्डारीको भ्रमण स्थगितबारे भारतले दियो पहिलो प्रतिक्रिया !

काठमाण्डु, २९ जेठ– केही समयअघि नेपालका राष्ट्रपति विद्या भण्डारीले गर्ने भनिएको भारत भ्रमण अचानक स्थगित भएपछि भारतले भने त्यसबेला तत्काल प्रतिक्रिया दिएन ।
नेपालले सो भ्रमण स्थगित भए लगत्तै भारतका लागि नेपालका राजदूत दिपकुमार उपाध्यायलाई फिर्ता बोलाएका थियो ।
त्यसयता, नेपाल भारत सम्बन्धमा थप तिक्तता आएजस्तो देखिएपनि शुक्रबार भारत भ्रमणमा निस्किएका परराष्ट्रमन्त्री कमल थापासँग भने भारतीय विदेशमन्त्री सुस्मा स्वराजले खुलेरै राष्ट्रपति भ्रमण स्थगित भएको विषयमा असन्तुष्टी पोखेकी छन् ।
शुक्रबार भएको परराष्ट्रमन्त्री कमल थापासँगको भेटवार्ताको क्रममा विदेशमन्त्री स्वराजले नेपालको राष्ट्रपति विद्या भण्डारीको भ्रमण किन स्थगित भएको भन्ने विषयमा खुल्ला रुपमै असन्तुष्टि जनाएकी थिइन् ।
यो पटकको भेटवार्तामा भने दुई देशका मन्त्रीहरुबीच विशेषगरी भारतले एकतफी रुपमा सञ्चालन गरेको एकीकृत चेक पोष्ट लगायतका विषयमा छलफल भएको बताइएको छ । नेपालको पछिल्लो राजनीतिक अवस्था र मधेसी मोर्चाको आन्दोलन र उनीहरुका मागका सम्बन्धमा खासै गम्भीर कुरा नभएको समेत जनाइएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.