-->
चीनबाट आयो अर्को दुखद खबर!!

गुइयाङ्ग, १ असार– दक्षिणपश्चिमी चीनको गइजोउ प्रान्तमा आएको बाढी पहिरोमा परी कम्तीमा पनि पाँच व्यक्तिको मृत्यु हुनको साथै अन्य चार वेपत्ता भएका छन् ।
गत मङ्गलबार रातिदेखि परेको सो अविरल बर्षा बुधबार बिहानसम्म जारी रहेको बताइएको छ ।
सो अवधिमा २०२ मिलिमिटर बर्षा भएको जनाइएको छ । ट्राफिक, विद्युत र टेलिफोनलाइन पनि सो पहिरोबाट प्रभावित भएको छ ।
भारी र निरन्तर वर्षाका कारण चार वटा क्षेत्रमा ठूलो क्षति पुगेको बताइएको छ । ती क्षेत्रमा उद्धारकर्ताहरु पुगेका बताइएको छ । रासस/एपी


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.