-->
जसको सुन्दरताले ८४ गाउँ मसानघाटमा परिणत भए

एजेन्सी– कुलुधारा भारत राजस्थानको एउटा गाउँ हो । कुलुधारासँगैका ८४ गाउँ अहिले मसानघाट जत्तिकै बिराना छन् । यी गाउँहरुमा कोही पनि बस्दैनन् । रातको त कुरौ छाडौं दिउँसो पनि यी गाउँहरुमा मान्छे जान डराउँछन् ।
आखिर यति धेरै गाउँ किन खाली भए त ?
सन् १२९१ सयदेखि यो क्षेत्रमा हिन्दु ब्राम्हणहरुले बसोबास सुरु गरेका थिए । सन् १८०० सम्म उनीहरु निरन्तर यो गाउँको विकास गरे । १८२५ को एक रात अचानक सबै गाउँका मानिसहरुले घर छाडेर हिँड्न थाले । त्यो रात रक्षाबन्धनको रात थियो ।
रक्षाबन्धनको रात जब उनीहरु सबैले गाउँ छाडे, त्यसपछि कोही पनि सो क्षेत्रमा फर्केर गएनन् । केही पलिवल ब्राम्हणहरुले रक्षाबन्धन पर्व मनाउँदैनन् । यसको ऐतिहासिक कारण यसैलाई मान्ने गरिन्छ ।
अर्को एउटा जनश्रुति पनि छ । पलिवल ब्राम्हण समुदायका मुखियाकी एक अति सुन्दर छोरी थिइन् । उनको सुन्दरता देखेर राजस्थानका मन्त्री मोहीत भए । उनले मुखियासँग उनकी छोरीको हात मागे । तर बाहिरी व्यक्तिलाई कन्यादान नगर्ने त्यहाँको पञ्चायतले निर्णय गर्यो । त्यसपछि ती मन्त्री रिसाएर कर बढाउने धम्की दिए । जीवन जिउँनै मुस्किल हुने गरी कर बढाउने मन्त्रीको धम्कीपछि गाउँलेहरुले त्यो अघि नै त्यो क्षेत्र छाडेर अन्यत्र जाने निधो गरे । र बसाई सरे ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.