एकै साथ काँधमा काँध मिलाएर हिड्नेहरु किन एक अर्कालाई धोका दिन पुग्छन् । महिला होस् या पुरुष ‘धोका’ सबैले दिने गर्छन् । जसमा हाम्रो देसमा भन्दा बाहिरी देशहरुमा पुरुषले महिलाहरुलाई बढी धोका दिने गर्दछन । त्येसो त हाम्रो समाजमा धोका नुहुने भन्ने होइन ।
रिभाषित गर्ने तरिका फरक हुनसक्छ तर हाम्रो समाजमा पनि धोका हुने गर्छ । ठूलो मात्रामा हुने गर्छ धोका । तर एउटा सवाल कायम छ की आखिर धोका किन हुनेगर्छ । केवल सौखको लागि यस्तो कदम उठाइन्छ या धोका दिने पुरुषको प्रवृति हो ।
यस्ता छन पुरुषले धोका दिने ७ कारण
१. सहकर्मिको कारण– पुरुष जहाँ काम गर्छ त्यहाँ निकै धेरै समय व्यतित गर्नेगर्छ । यसको दौरान महिला सहकर्मीसँग लगाव बढ्नु नौलो कुरा होइन । कामको प्रक्रियामा कुनै पनि महिलासँग पुरुषको भेट हुनुपनि सम्बन्धमा कारक बन्नसक्छ ।
२. अलग काम गर्ने कोशिस– नयाँ गर्ने कोशिस हरेक पुरुषले गर्ने गर्छन् । पुरुष सधै आफ्नै दैनिक जीवनमा केही नयाँ खोजिरहन्छ अथवा सधै एक रोमान्चक चीजसँग सम्बन्ध गाँस्न चाहान्छ । उ छिटै आफ्नो जीन्दगीको विगतसँग असन्तुष्टि मान्ने गर्छ । जसका कारण सधै उ आफ्नो साथी बदल्न चाहान्छ ।
३. भावनात्मक असन्तोष– अलग रहने वा धोका दिनुको ठूलो कारण भावनात्मक असन्तोष हुनेगर्छ । पुरुष भावना शून्य हुँदैनन् । उनीहरु पनि भावुक हुन्छन् । जब उसलाई आफ्नो साथीबाट भावनात्मक सहयोग मिल्दैन त्यसपछि उ बाहिर खोज्न लाग्छ । यो नियम दुवै तर्फ लागु हुनेगर्छ ।
४. साथीहरुको कारण– सा थीहरुको दबाबमा आएर कयौं पुरुष विवाहपछि पनि अफेयर चलाउँछन् र आफ्नो श्रीमतीलाई धोका दिन्छन् । केही पुरुषलाई आनन्दको रुपमा लिन्छन् । उनीहरुलाई यस्तो हुनुमा कुनै गल्तिभएको लाग्दैन । कुनै पनि सम्बन्धलाई अगाडी बढाउनका लागि सबैभन्दा ठूलो योगदान विश्वास र प्रेमले पुर्याउँछ ।
५. आदतहरुमा बुझाई नमिल्नु – कहिलेकाँही पति–पत्निबीचको आदत मिल्दैन । यस्तोमा कयौं पुरुष आफ्नो पत्निको आदतबारे अन्य महिलासँग सार्वजनिक गर्छन् । यस्तो सम्बन्ध साथीको रुपमा परिवर्तन हुने गर्छ र पछि दोस्रो महिलासँग सम्बन्धको रुपमा विकास हुन्छ ।
६. सेक्स जीवन – कुनैपनि जोडीको सेक्स लाईफमा केही समस्या हुन्छ । यस्तोमा गहिरो प्रभाव पुरुषको मनमा पर्छ र दोस्रो महिलाको बारेमा सोच्न थाल्छ ।
७. सम्बन्धको ताजगी नरहनु– सम्बन्धमा ताजापन हरायो भने, केही समयमै सम्बन्ध मर्नसक्छ । कयौं समय पति या पत्निलाई लाग्छकी उनीहरुको सम्बन्धमा तालमेल मिलेको छैन । उनीहरुबीच रोमान्सको स्थान हुँदैन । यस्तो अवस्थामा पनि पुरुष नयाँ सम्बन्धको खोजीमा लाग्नसक्छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...