-->
दुइ श्रीमानकि एक्ली श्रीमती को कुकर्म यस्तो !

वीरगञ्जमा दुई श्रीमान भएकी एक महिलाले १४ महिने छोरीको घाटी निमोटेर हत्या गरेकी छिन् ।
बाराको कलैया घर भई हाल वीरगञ्ज– १९ मा चिया पसल गरी बस्दै आएकी ३६ वर्षीय अनिता देवीले १४ महिने छोरी रुपा कुमारीलाई फागुन १३ गते राति घाटी थिचेर हत्या गरेको पर्सा प्रहरी प्रवक्ता डीएसपी हविन्द्र बोगटीले जानकारी दिए ।
छोरीको हत्या गर्दा उनले अत्यधिक मात्रा रक्सी पिएको खुल्न आएको छ । उनका दुबै श्रीमानलाई पक्राउ गरी अनुसन्धान गर्ने क्रममा हत्या आमाले नै गरेको खुल्न आएको र अनितादेवीलाई पक्राउ गरिएको डीएसपी बोगटीले बताए ।
छोरा नपाएको तनावलेरक्सीले मातेर छोरी मारेको हुनसक्ने प्रहरीको अनुमान छ । छोरा नपाएकै कारण अनितादेवी दुई श्रीमान बनाएकी थिइन् ।
यस्तो छ घटना विवरणः
जिल्ला बारा कलैया.न.पा.( २ घर भई हाल बी.उ.म.न.पा.( १९ स्थित चिया पसल गरी बस्ने बर्ष ३६ की अनिता देवीकी १४ महिनाकी छोरी रूपा कुमारीलाई मिति २०७२।११।१३ गते सांझ आफ्नै पसलमा सुताएको स्थानबाट बेपत्ता पारिएको भन्ने अनिता देवीको सूचनाको आधारमा, खोजतलासको क्रममा ऐ.१४ गते दिउंसो १६स्०० बजेको समयमा जिल्ला पर्सा बी.उ.म.न.पा.( १९ स्थित ईन्डो अस्पताल नजिकै खाली चौरमा कर्तव्य गरी मारी फालेको अबस्थामा निज बालिका रूपा कुमारीको मृतक लाश फेला परेको घटनाको सम्बन्धमा अनुसन्धानार्थ निज अनिता देबीकी दुई श्रीमानहरूलाई नियन्त्रणमा लिई अनुसन्धान गर्ने क्रममा मृतककी आमा अनिता देबी स्वयम् ले नै अत्याधिक मात्रामा मादक पदार्थ ( रक्सी ) सेबन गरी सुताएको स्थान बाट लिई गई घांटी गर्धन थिची हत्या गरी फालेको खुल्न आएको तथा निज अनितादेबीले घटना स्वीकार समेत गरेकी हुंदा निजलाई पक्राउ गरी कर्तब्य ज्यान मुद्दामा म्याद थप गरी थप अनुसन्धान भईरहेको छ । दैनिकनेपालबाट साभार |


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.