-->
धमाधम पकाउ पर्न थाले विप्लवका कार्यकर्ता !!

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताहरु धमाधम पक्राउ पर्न थालेका छन् । दूरसञ्चार प्रदायक कम्पनी एनसेल टावरमाथि एकपछि अर्को ठाउँमा आक्रमण गरेपछि प्रहरीले विप्लवका कार्यकर्तालाई खोजी थालेको हो ।
विप्लव माओवादीले दाङ, चितवन, अर्घाखाँची तथा पूर्वदेखि पश्चिमका जिल्लाहरुमा अवस्थित एनसेल टावरहरुमा आक्रमण गरेपछि प्रहरीले विप्लव कार्यकर्ताको खोजी गर्नुका साथै एनसेल टावरहरुमा सुरक्षा सतर्कता पनि बढाएको छ । एनसेल टावरमा मात्र होइन, जुनसुकै टावरमा पनि ध्वस्त पार्ने विप्लवले नै सामाजिक सञ्जालबाट चेतावनी दिएपछि प्रहरीले विप्लव कार्यकर्तालाई खोजी खोजी पक्राउ गर्न थालेको छ ।
विप्लवले आफ्नो नेतृत्वमा पार्टी गठन गरेदेखि नै कार्यकर्ताले सार्वजनिक सवारीमा आगजनी, तोडफोड, सरकारी उच्च अधिकारीमाथि भौतिक आक्रमण, दुब्र्यहार, विभिन्न ठाउँका जमिन कब्जा गर्नुका साथै पछिल्लो समय एनसेल टावरमाथि आक्रमण तीब्र पारेका छन् ।
एनसेल टावरमा आगजनी गरेको आरोपमा शनिवार चितवनबाट थप एक कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । दिप्लंगा गाविस–९ खोटाङ घर भई चितवनको भरतपुरमा बसोबास गर्दै आएका ३४ वर्षीय पुरन राईलाई प्रहरीले पक्राउ गरेको हो ।
भरतपुर उपमहानगरपालिका–६ स्थित धर्मचोकमा गत जेठ ३० गते राति एनसेल टावरमा आगजनी गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । राईलाई आगजनीअन्तर्गत शुक्रबार मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
एनसेल टावरमा आगजनी गरेको आरोपमा दर्जन बढी कार्यकर्ता पक्राउ परिसकेका छन् । विभिन्न बाहनामा आफ्ना कार्यकर्तालाई पक्राउ गरी झुठा मुद्दा लगाएको भन्दै विप्लव माओवादीले बिनाशर्त रिहाइ गर्न माग गर्दै आएको छ । कार्यकर्ता पक्राउ गरेको विरोधमा जेठ २७ गते विप्लव माओवादीले नेपाल बन्द नै गरेको थियो ।
khabardabali


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.